लक डाउनको विकल्प खोज्न व्यवसायीको माग

 न्यूज विराट
लक डाउनको विकल्प खोज्न व्यवसायीको माग

विराटनगर, बैशाख २२–विराटनगरका व्यवसायीहरुले ६ हप्तादेखि जारी बन्दा बन्दीको बिकल्प खोज्न सरकारसँग माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दा बन्दीका कारण लघु, घरेलु तथा साना उद्योग व्यवसाय क्षेत्रमा गम्भिर संकट उत्पन्न भएको भन्दै विकल्प खोज्न माग गरेका हुन्।

विराटनरस्थित सुनकोशी फर्निचर उद्योगका सञ्चालक, विराट व्यापार संघका पूर्व उप–महासचिव र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ जिल्ला कार्यसमिति सदस्य एकराज ढकालले बन्दा बन्दीको विकल्प खोजेर सुरक्षितरुपमा सामाजिक दुरी कायम गरि पशल तथा व्यापार व्यवसाय सञ्चालनको व्यवस्था गर्न माग गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दा बन्दीको विकल्प नखोजिए मानिसहरु रोगले भन्दा भोकले मर्ने बताएका छन् । ‘लक डाउनको विकल्प खोजौँ । १० बजेदेखि ५ बजे सम्म भएपनी सामाजिक दुरी कायम गरी पशल व्यापार खोलौँ, नत्र मान्छे कोरोनाले हैन भोक र ऋणले मर्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।

त्यस्तै ढकालले अर्को स्टाटसमा लेखेका छन्,‘ भाटभटेनी, सेन्टरमल, आरके मल र बैंकमा ४ सय देखि ५ सय सम्म मान्छेको भिड लाग्दा कोरोना संक्रमण नहुने अनि २/४ जना मान्छे आउने साना पसलमा चै कोरोना संक्रमण हुने ? साना पशल किन बन्द? मान्छे कोरोनाले हैन भोकले मर्छ ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले पनि आइतबार मात्र प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई भटेर घरेलु तथा साना उद्याग व्यवसायका क्षेत्रमा राहतको प्याकेज ल्याउन माग गर्दै १३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

लगातारको बन्दाबन्दीले उद्योग व्यवसायक्षेत्र संकटग्रस्थ अवस्थामा पुगेकाले राहतको प्याकेज ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० ÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत...

सम्झना कार्की भइन् मिसेस कोशी

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ...

वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख ९–मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर...

केन्द्रीय कारागारका २७ सयभन्दा बढी कैदीबन्दीले लगाए कोरोनाविरुद्धको खोप

सरकारले केन्द्रीय कारागारका २ हजार ७ सय ३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय...

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

कांग्रेस महाधिवेशनः कुलबहादुरले हाले पहिलो भोट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो । पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो...

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...

गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्