विद्यार्थीलाई सिर्जनात्मक बनाउँदै भ्याली पब्लिक

 न्यूज विराट
विद्यार्थीलाई सिर्जनात्मक बनाउँदै भ्याली पब्लिक

काठमाडौं, २२ वैशाख-कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालय बन्द भयो । लकडाउनका कारण विद्यार्थी शिक्षक घरबाट बाहिर निस्कन पाएका छैनन् । लकडाउन भएको १ महिनाभन्दा बढी भयो ।

अब लकडाउन लम्बिए के गर्ने ? लकडाउन कहिलेसम्म जान्छ थाहा छैन । त्यसैले लकडाउनको समयमा विद्यालय बन्द भए पनि विद्यार्थीको सिकाइ अवरुद्ध नगर्ने उद्देश्यले बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यमिक विद्यालयले रचनात्मक र सिर्जनात्मक कामहरू गरिरहेको छ ।

विद्यालयले परीक्षाको नतिजा १२ वैशाखमा अनलाइनबाट नै प्रकाशित गरेको छ । लकडाउन सुरू भएको केही दिनभित्रमा नै एसईई तयारी गरिरहेका विद्यार्थीहरूका लागि अनलाइन कक्षाहरू नियमित रूपमा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

‘नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई हरेक दिन नियमित रूपमा अनलाइन कक्षाहरू सञ्चालन गर्दै आएका छौँ,’ उनले भने, ‘ विद्यालयले कक्षा शिक्षक र विषय शिक्षकहरूले नियमित रूपमा अभिभावकहरूसँग फोनमा संवाद गरी विद्यार्थीहरूलाई घरायसी एवम् सिर्जनात्मक काममा लाग्न प्रेरित गरिरहेको छ ।’

विद्यार्थीहरूलाई खाना पकाउने, तरकारी केलाउने, घरको सरसफाइ गर्ने, आफ्ना लुगा आफै धुने, आफ्नो बिस्तारा आफैँ मिलाउने, अभिभावकहरूलाई माया र सम्मान गर्ने, आफन्तहरूसँग फोनमा कुराकानी गर्ने, कोरोनाका बारेमा जानकारी गराउने र सुरक्षित रहने उपायहरू बताउनेजस्ता व्यावहारिक ज्ञान बढाउन प्रेरित गरिरहेको उनले बताए ।

विद्यालयले करेसाबारी वा बारीमा तरकारी रोप्ने, गोड्ने, फलफूल बिरूवाहरू रोप्ने, सड्ने र नसड्ने फोहोर छुट्याउनेजस्ता काम गर्न लगाई विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न पनि पहल गरिरहेको छ ।

विद्यालयले अनलाइनमार्फत नै कविता लेखन, निबन्ध लेखन, कथा लेखन, चित्रकलाका साथै कोरोना कहरसँग सम्बन्धित विभिन्न रचनाहरू तयार गर्न लगाई पुरस्कृत गर्ने योजना बनाएको छ ।

अनलाइनबाट विद्यार्थी भर्ना गर्ने, शिक्षकहरूसँग नियमित रूपमा बैठक बस्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने, दैनिक पाठयोजना बनाउने, विद्यालयलाई पूर्ण रूपमा आधुनिक प्रविधिसँग जोड्ने, अभिभावकहरूलाई अभिभावकीय शिक्षा प्रदान गर्ने, गरेर–हेररे र खेलेर सिक्न सक्ने विधिको उपयोग विद्यलयले गरेको छ ।

सम्बन्धित समाचार

भारतमा बन्यो कोरोनाको औषधि

एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...

इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा...

सिन्धुपाल्चोकमा बाढी : हेलिकोप्टर लिएर घटनास्थल जाँदै सभामुख

सिन्धुपाल्चोक, २५ असार-सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरू अवस्था बुझ्र सभामुख अग्नि सापकोटासहितको टोली हेलिकोप्टरमार्फत् त्यसतर्फ जाने भएको छ । सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए...

आज विराटनगरमा २४५ जनामा कोरोना संक्रमण

विराटनगर, ११ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो । २१ जनाकाे शव साेमबार...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ । यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्