ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छः मन्त्री भट्टराई

 न्यूज विराट
ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छः मन्त्री भट्टराई

ताप्लेजुङ, २१ वैशाख-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरे ।

आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनःस्थापना गर्ने आश्वासन दिए । ‘तपाइहरुको पुनःस्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकार छ साथै स्थानीय समुदाय सबै छन्, सबैको साथ सहयोग मिल्नेछ’ उनले भने । ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गरे । यता छलफलका क्रममा आगलागीपीडितको प्रतिनिधित्व गर्दै आगलागीपीडित यिगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरे ।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुःखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागीको घटना हुनेमा अग्रस्थानमा रहेको बताए ।

सम्बन्धित समाचार

२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा...

मेगा सहकारीको स्थापना दिवसमा मानसेवा आश्रममा भोजन

विराटनगर । विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं स्थापना दिवसको अवसर पारेर भोजन खुवाउने कार्यक्रम आयोजना गरेको छ । सहकारीले विराटनगरमा रहेको मानसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालवालिकाहरुलाई आज...

८५८३ को परीक्षण गर्दा १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

काठमाडौं, १६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला...

ढुकुटीमा प्रयाप्त भुक्तानी मौज्दात छ, बजेट खर्च गर्न समस्या हुँदैन : मुख्यमन्त्री राई

विराटनगर, ९ साउन । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै...

हिमालय दर्शन कलेजको अभिमुखिकरण चितवनको सौराहामा

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गराएको छ ।चितवनको सौराहामा रहेको बाटिका रिर्सोटमा एक भव्य कार्यक्रम विच यसैबर्ष भर्ना विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन...

कोरोना भाइरस बीमा स्थगित

काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...

विराटनगरको अरनीको कलेजलाई शिक्षा सेवा सम्मान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी अभिभाव र विद्यार्थीको रोजाइमा पर्दै आएको विराटनगरस्थित अरनीको कलेजलाई फोकस नेपाल संस्थाले शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको छ । काठमाण्डौमा फोकस नेपाल संस्थाले शनिबार एक कार्यक्रमका विच...

कोरोना संक्रमण रोकथामका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

विराटनगर, भाद्र १२–दक्षिणी मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । मोरङको रत्ुवामाई,सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्