वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

 न्यूज विराट
वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न तयार रहेको बताएका हुन् ।

‘पार्टीले निर्णय गर्‍यो भने कमरेड वामदेवका लागि, देश र जनताका लागि म सांसद पद छाडेर बाटो खुला गरिदिन तयार छु’, बस्नेतले शिलापत्रसँग भने ।

आफ्नो कारणले पार्टी र देशको हित हुन्छ भने जस्तोसुकै निर्णय गर्न पछि नहट्ने सांसद बस्नेतले बताए । गत बुधबारको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सांसद बनाएर प्रधानमन्त्रीसम्म बनाउने प्रस्ताव गरेका थिए । शनिबार बसेको बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

फरक क्षमता भएकाहरुलाई व्यवहारीक तालीमले जीवनयापनमा सहज हुने

विराटनगर,४ माघ । फरक क्षमता भएकाहरुका लागि दिएको तालीम उपयोगी हुनेका साथ सजह जीवनयापनमा सहयोग पुग्ने सरोकारबालाहरुले बताएका छन् । व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको...

मोरङ र सुनसरीबाट माछाको तस्करी मौलायो, यी नाकाबाट खुलेआम भित्रिन्छ प्रतिबन्धित ‘मागुर’ माछा 

विराटनगर । मोरङ र सुनसरीको खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले नेपाल आयतमा प्रतिबन्ध लगाएको ‘मागुर’ र अन्य विभिन्न प्रजातिका माछाको तस्करी बढेर गएको पाइएको छ ।  राज्यले करिब दुई वर्ष अगाडी प्रतिबन्ध लगाएको मागुर (मुर्गी...

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया, बालिकाले पाइन् नयाँ जिवन

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल...

आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौँ, २२ असोज-काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज...

काठमाडौंमा वायु प्रदुषणको मात्रा अत्याधिक बढ्यो

विराटनगर, २१ पुस-विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बर स्थानमा देखिएको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा आज बिहान एअर क्वालिटी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्