उदयपुर, २० वैशाख-प्रतिनिधिसभाका सांसद डा. नारायण खड्काले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।पीपीई, सर्जिलक र एन ९५ मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्सलगायतका सामाग्री लिएर काठमाडौंबाट उदयपुर आएका डा. खड्काले शुक्रबार प्रमुख जिल्ला अधिकारी दीपककुमार अधिकारीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
उदयपुरमा देशकै सबैभन्दा बढी २८ जना कोरोना संक्रमित देखिएका छन् । जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने डा. खड्काले बताए ।