विरामी निकाल्ने नोबेल विरुद्ध उजुरी

 न्यूज विराट
विरामी निकाल्ने नोबेल विरुद्ध उजुरी

विराटनगर, बैशाख १९–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् ।

प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गर्ने नोबेलमाथि कार्वाही गर्न उनका श्रीमाले शुक्रबार राष्ट्रिय मानबअधिकार आयोगमा उजुरी दिएका हुन् ।

प्रसूति व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी सरस्वतीको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि नोबेलका चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर कोशी अस्पताल रेफर गरेका थिए । रेफरको कागजमा उदयपुर घर भएको कारण रेफर गरिएको लेखिएको छ ।

उदयपुर घर भएकै कारण विरामीलाई उपचारबाट बञ्चित गर्ने अस्पतालमाथि कार्वाहीको माग गर्दै विरामीका श्रीमान प्रकाश गुप्ताले उजुरी दिइका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिन गएकोमा शुक्रबार कार्यालय बन्द भइसकेकोले उजुरी दिन नपाएको बताउँदै उनले आइतबार प्रशासनमा पनि उजुरी दिने बताएका छन् । विरामीले सहज रुपमा उपचार पाउने न्युनतम मानबअधिकार पनि नोबेलले उल्लंघन गरी ज्यान जोखिममा पार्ने प्रयास गरेको भन्दै पीडित परिवारले उजुरी दिएको हो ।

नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा शल्यक्रियाबाट छोरा जन्मिएको छ । आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दावी गरेपनि नोबेलको रेफर कागजले उनको दावी खारेज गरेको छ ।

कोशीका चिकित्सक र उनका श्रीमानले पनि ज्वरो नआएको बताएका छन् । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएको भएपनि जिल्लाभरका विरामी लिन निजी अस्पतालहरुले अस्वीकार गर्दै आएका छन् । केही दिनअघि पनि विराटनगरको विराट नर्सिङ होमले उदयपुर घर भएका बिरामीलाई भर्ना नगरी गेटबाटै फर्काएको थियो ।

सम्बन्धित समाचार

सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...

सार्वजनिक गाडी चढ्दा अब फेस सिल्ड अनिवार्य

काठमाडौं, २ कात्तिक-कोरोनाको संक्रमणको जोखिम बढ्ने भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक बसमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको छ । सोमबार विभागले सार्वजनिक सूचना निकाल्दै यात्रुले अनिवार्य रूपमा फेस सिल्ड प्रयोग...

स्पार्क हस्पिटल सातौं वर्षमा, १० पुसमा वृहत निः शुल्क स्वास्थ्य शिविर गर्दै

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथरोपी हस्पिटल सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको छ । हस्पिटलले वार्षीकत्सवको अवसर पारेर...

नेताहरूबीच मन नमिल्दा पार्टी फुट्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, १० वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले फुट्नै लागेका पार्टीलाई कानुनले नरोक्ने बताएका छन् । बुधबार बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीहरू कानुन हेरेर फुट्ने नभई मन नमिल्दा फुट्ने बताएका हुन्...

विवाहको १५ वर्षपछि आमिर खान र किरणबीच सम्बन्ध विच्छेद, यस्ताे छ दुवैले निकालेकाे संयुक्त विज्ञप्ति

एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यी...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २९ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गराए ।

त्रिविको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट

काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...

चौथो ईन्द्रदह पर्यटन उत्सव हुने

काठमाडौं, फागुन ५–धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो ईन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । ईन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ ईन्द्रदहमा ९ फागुनमा उत्सव आयोजना गर्न लागिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्