राशिफल

चौथो ईन्द्रदह पर्यटन उत्सव हुने

 न्यूज विराट
चौथो ईन्द्रदह पर्यटन उत्सव हुने

काठमाडौं, फागुन ५–धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो ईन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । ईन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ ईन्द्रदहमा ९ फागुनमा उत्सव आयोजना गर्न लागिएको हो ।

पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रिकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न पर्यटन उत्सव गर्न लागेको जानकारी दिए । धार्मिक, ऐतिहासिक र पौराणिक महत्त्व बोकेको सो स्थलमा उत्सवको तयारीसँगै आज सरसफाइसमेत गरिएको छ । वडा अध्यक्ष राजेन्द्र केसीले सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उत्सव आयोजना गरिएको बताए ।

उत्सवसँगै नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा थप सहयोग पुग्ने उनको भनाइ थियो । सरकारले नेपाल भ्रमण वर्षका लागि १ सय गन्तव्यस्थलभित्र सूचिकृत गरेको इन्द्रदह र काजी कालु पाण्डेको समाधिस्थल रहेको छ । सो क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ । उत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । रासस

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...