लकडाउनमा उपभोक्ता ठग्नेबाट साढे ७० लाख जरिमाना

 न्यूज विराट
लकडाउनमा उपभोक्ता ठग्नेबाट साढे ७० लाख जरिमाना

काठमाडौं, १९ वैशाख-लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा पर्न थालेपछि सरकारले अनुगमनलाई तीव्रता दिएको छ । लकडाउनमा सीमित समयमा खुल्ने सीमित पसहरूले पनि ठगी गरेको गुनासो आएपछि अनुगमनलाई निरन्तरता दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

लकडाउनको ३८ दिनको अवधिमा २ सय ४५ पसल तथा फर्महरूमा अनुगमन गरेको जनाएको छ । अर्धन्यायिक निकायको रूपमा रहेको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुगमनपछि ३ लाख रुपैयाँसम्म जरिमाना लगाउन सक्छ । अनुगमन अधिकृत कसुरको प्रकृति हेरेर ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गराउन सक्ने व्यवस्था गरिएको छ ।

लकडाउनका बीच २ सय ४५ मध्ये १ सय ९ वटा सामान्य रहेको ६० वटामा सामान्य कैफियत देखिएको छ भने ७० वटालाई जरिमाना गराइएको विभागले जनाएको छ ।

११ चैतदेखि १८ वैशाखसम्म सबैभन्दा बढी ग्यास पसल ८० र खाद्यान्न पसल ४६ वटामा अनुगमन गरिएको छ । तर, सबैभन्दा बढी जरिमाना सर्जिकल सामग्रीको व्यापार गर्ने व्यापारीलाई लगाइएको छ ।

सम्बन्धित समाचार

भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

काठमाडौं, २२ जेठ-भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको...

क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस...

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार हाल...

दरबार हत्याकाण्डः १९ वर्षदेखि रहस्यकै गर्भमा

काठमाडाैं, १९ जेठ-तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । १९ वर्षअघि भएको यो रहस्यमय हत्याकाण्ड आजका दिनसम्म पनि कसले र किन गरायो भन्ने खुल्न सकेको...

पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

काठमाडौं, ५ भदौ-कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष...

इप्रका रामपुरले एकै दिन १३ फरार अभियुक्त पक्राउ, प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त धमाधम पक्राउ

विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ...

सिके राउत नेतृत्वको पार्टीका नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग

सिरहा, २४ असार-डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै...

प्रहरी हवल्दार यादब दाहाल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरीले सोमबार दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्