दरबार हत्याकाण्डः १९ वर्षदेखि रहस्यकै गर्भमा

 न्यूज विराट
दरबार हत्याकाण्डः १९ वर्षदेखि रहस्यकै गर्भमा

काठमाडाैं, १९ जेठ-तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । १९ वर्षअघि भएको यो रहस्यमय हत्याकाण्ड आजका दिनसम्म पनि कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।

१९ जेठ २०५८ मा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धीरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाहलगायतको हत्या भएको थियो ।

यो हत्याकाण्डमा वीरेन्द्र, ऐश्वर्या, निराजन, श्रुती, शान्ति, शारदा, जयन्ती, कुमार खड्गविक्रम घटनास्थलमै मारिए । गोली लागेर घाइते भएका दीपेन्द्र र धीरेन्द्रको ३ दिनपछि सैनिक अस्पताल छाउनीमा निधन भयो । दरबारका सदस्यहरू कोमल, शोभा, केतकी  र गोरखशमशेर घाइते भएका थिए ।

हत्यालगत्तै सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट सम्मिलित छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई हत्याको मुख्य योजनाकारका रूपमा प्रस्तुत गरेको थियो । तर, यो प्रतिवेदनमा आमजनताले अझैसम्म विश्वास गरेका छैनन् ।

गणतन्त्र आउनुअघि यो हत्याकाण्डका विषयमा दरबारकै जीवित अन्य सदस्यसँग जोडिए पनि गणतन्त्रपछि भने विस्तारै यो घटना सेलाउँदै जान थालेको छ ।

सरकारले हत्याकाण्डबारे अर्को उच्चस्तरीय समिति बनाएर छानविन गर्ने प्रतिवद्धता नदेखाउँदा सिंगो वंशको नाश हुने यो हत्याकाण्ड रहस्यकै गर्भमा छ ।

छानविन समितिले युवराज दीपेन्द्र शाहले सबैलाई गोली चलाएर आफूलाई पनि गोली हानेको  प्रतिवेदन सार्वजनिक गरिएपछि यो घटना त्यत्तिकै सेलाएर गयो ।

छानविन समितिका सदस्यहरूसमेत आफैँले बनाएको प्रतिवेदनलाई अनौपचारिक रूपमा खण्डन गर्छन् । तर, वास्तविकता के हो भन्ने विषयमा त्यसबेला दरबारकै सदस्यबाट असहयोग भएको उनीहरूको अनौपचारिक प्रतिक्रिया रहँदै आएको छ ।

दरबार हत्याकाण्डपछि राजतन्त्रको अन्त्य भई अन्तिम राजा ज्ञानेन्द्रले समेत नारायणहिटी छोडिसकेका छन् । तर, नारायणहिटी छाडेका तत्कालीन राजा ज्ञानेन्द्रले समेत यो घटनामा थप अनुसन्धानको माग अघि सारेका छैनन् ।

सम्बन्धित समाचार

हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...

बालुवाटारमा ओलीलाई देउवाका ५ सुझाव

काठमाडौं,१२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाएका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार गएको बताए । सुरुवातमा देउवा...

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना राजपत्रमा प्रकाशित

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो । सोमबार राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो...

एमसीसी सम्झौता खारेज नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो ।  एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...

प्रभावशाली नेतालाई निष्कासन गरेपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौं, १२ साउन-नेपाली कांग्रेसले पार्टीको विधान र अनुशासनविपरीत कार्य गरेको आरोपमा प्रभावशाली नेताहरूलाई नै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि व्यापक असन्तुष्टि प्रकट भएको छ । कांग्रेस अनुशासन समितिले गत स्थानीय, प्रदेश र संघीय संसदको...

रथ यात्रामा राजकुमार रौनियारद्धारा निःशुल्क सर्वद र प्रसाद बाडिने

विराटनगर । विराटनगरमा भोली निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्रा रौनियार सेवा समाजका केन्द्रीय सदस्य तथा विराटनगरका संयोजक राजकुमार रौनियारले निःशुल्क सर्वद पानी र प्रसाद वितरण गर्ने भएका छन् ।...

शिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाएको खुलासा

विराटनगर, चैत २–केही दिनअगाडि मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको शिवम् प्लाष्टिक उद्योगमा भएको आगलागी उद्योगका सञ्चालकहरुले नै लगाएको पाइएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेको उद्योगमा गत हप्ता मात्र आगलागी भएको थियो । आगलागीबाट...

कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्