कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

 न्यूज विराट
कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

विराटनगर, वैशाख १७–प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्ने बताएका छन् ।

१४ दिने क्वारेन्टाईन अवधि सकिन लागेको भन्दै आरडिटीको दायरा बढाउन उनीहरुको माग छ । क्वारेन्टाईनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखहरुले माग गरेका छन् ।

इलामका प्रमुख गणेश बरालले जिल्लामा आरडिटी किट अभाव भएको बताउनुभयो । आरडिटी किट अभावका कारण क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण गर्न नपाएको उनले गुनासो गरे । इलाममा स्वास्थ्यकर्मी र औषधिको पनि अभाव भएको प्रमुख बरालले बताए ।

झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटको अभावमा परीक्षण गर्न नसकीएको बताए । झापामा भारत लगायतका विभिन्न देशहरुबाट ९ सय प्रवेश गरेको उनले बताए । बाहिरीदेशबाट आएकाहरु अधिकांश होमक्वारेन्टाईनमा रहेकाले उनीहरुको आरडिटी अनिवार्य गर्नुपर्ने उनले बताए ।

आवस्यक किटको अभावमा परीक्षण हुन नसकेको उनले गुनासो गरे । बोर्डरको सुरक्षामा कडाई गरिएको जिसस प्रमुख पोर्तेलले बताए । ते¥हथुमका प्रमुख शिव ढुंगानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरिएको बताए । क्वारेन्टाईनमा राख्न थालिएपछि बाहिरी जिल्लाबाट आउने घटेको उनले बताए । ते¥हथुममा ३ सय ७४ को आरडिटी गरिएको उनले जानकारी दिए । आरडिटी गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

सुनसरीका प्रमुख गोपालराज भण्डारीले जिल्लामा आरडिटी किटको अभाव रहेको बताए । आवस्यक किट नहुँदा क्वारेन्टाईनमा राखेकाहरुको परीक्षण गर्न नसकीएको उनले बताए । सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाईएको जिसस प्रमुख भण्डारीले जानकारी दिए ।

संखुवासभाका प्रमुख सुमन शाक्यले काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट जिल्ला प्रवेश गरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको बताउँदै संखुवासभामा स्वास्थ्यकर्मीको अभाव भएको गुनासो गरे ।

ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले काठमाण्डौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुको अनिवार्य आरडिटी गर्ने गरिएको बताए । उनले अहिले सम्म २ सय ३१ जनाको परीक्षण गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको बताए ।

सामाजिक विकास मन्त्री घिमिरले हरेक जिल्लालाई दोश्रो चरणमा ३ सय ६० का दरले किट पठाईसकिएको बताए । उनले प्रकोप भएका जिल्लामा आवस्यकताका आधारमा थप किट पठाईने आश्वासन दिए । मन्त्री घिमिरेले १४ वटै जिल्लाका स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको स्वाव संकलन गर्ने संवन्धिको तालिम दिईसकीएको सोत बताए ।

उनले काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने बताउँदै घडी हेरेर लकडाउन नखुल्ने भएकाले अंश अंशका रुपमा खोलिने बताए । मन्त्री घिमिरले वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने बताए ।

सम्बन्धित समाचार

नाइके परिवर्तको माग गर्दै कैदीको नाराबाजी 

काठमाडौं, ११ जेठ-डिल्लीबजार कारागारका कैदी, प्रहरी र कारागार प्रशासनवीच बार्ता चलेको छ । कारागार भित्रका कैदीहले कारागारका आन्तरिक प्रशासन हेर्ने मुख्य नाइके परिवर्तनको माग गर्दै कारागार भित्रै नाराबाजी गर्न थालेपछि वार्तामा बस्नु परेको हो ।...

सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोलीसहित चार टिम पुगेको छ । शनिबार लिग चरणमा आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा पुगेको हो । लिग चरणमा सबै समिकरण...

फाइनलमा त्रिभुवन आर्मी क्लब

विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर, ११ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण...

एसईईको नतिजा ३ दिनभित्र

काठमाडौं, ३२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । २० साउनभित्र नै नतिजा सार्वजनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्