लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

 न्यूज विराट
लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, १५ वैशाख-गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सवारी साधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह स्रोतको भनाइ छ ।

बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारी साधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइएको गृह मन्त्रालयको भनाइ छ ।

अब अलपत्र परेका तथा बिचल्लीमा परेका अधिकांशको उद्धार भइसकेको ठहर गर्दै आजबाट सवारी साधन सञ्चालनमा रोक लगाउनुका साथै आवतजावतामा समेत कडाइ गरिएको गृहको भनाइ छ ।

सम्बन्धित समाचार

बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोभिड अस्पतालमा सुनसरीको इटहरी २० का ७८ वर्षीय वृद्धको सोमबार बिहान ३...

मोरङमा १५ सहित प्रदेश १ मा आज ८७ संक्रमित थपिए, संक्रमितको संख्या ३४५४ पुग्यो

विराटनगर, १६ भदौ–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा...

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...

आइतबारको बिदा आजदेखि लागू

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष...

ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६...

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं, २७ साउन-वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...

भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं, मंसिर २३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा...

रुसमा संक्रमितको संख्या ३ लाख ९६ हजार नाघ्यो

विराटनगर, जेठ १७–रुसमा हाल सम्म कोरोना संक्रमितको संख्या ३ लाख ९६ हजार नाघेको छ । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र ८ हजार ९ सय ५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्