काठमाडौं, १४ वैशाख-लायन्स क्लबले सरकारलाई ५७ लाख ४९ हजार रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा कार्यक्रममार्फत क्लबले मन्त्रीलाई हस्तान्तरण गरेको हो ।
विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि उक्त सामग्री दिएको क्लबले जनाएको छ । क्लबले पीपीई २ हजार सेट, केएन नाइन्टी फाइभ मास्क ५ हजार थान, सर्जिकल ग्लाेब्स ५ हजार जोर र एक्जामिनेसन्स ग्लाेब्स २० हजार थान दिएको हो । लायन्सका नेपालमा १३ सयभन्दा बढी क्लब शाखा र त्यसमा आवद्ध ३३ हजारभन्दा बढी लायन सदस्यहरू छन् ।
क्लबले अलपत्र परेका एवं खानाको समस्या भएका व्यक्तिहरू तथा विभिन्न संस्थाहरूलाई खाद्यान्न एवं अत्यावश्यक अन्य सामग्रीहरू पनि उपलब्ध गराउँदै आएको छ ।