मापसे चेक गर्दा गाँजा बरामद, लखेटेर विराटनगरबाट एक जना पक्राउ
बिहिबार, ०३ साउन, २०८१,
न्यूज विराट
विराटनगर । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न गएको ट्राफिक प्रहरीले विराटनगरबाट १९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले बिहीबार राती विराटनगरको शनिमन्दिर चोकबाट गाँजासहित धनकुटा सहिद गाउँपालिका ७ का ३७ वर्षीय जिवन राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईले धनकुटाबाट मोटसाइकलमा गाँजा ल्याएको खुलेको छ । मोरङ ट्राफिक प्रहरीबाट साझ परेपछि दैनिक मापसे चेकजाँच हुने गरेको छ । शनिमन्दिर अगाडी बिहीबार साझमा मापसे चेकजाँच गर्न ट्राफिक प्रहरी तैनाथ भएका बसेका थिए । ‘त्यही बिचमा पल्सर मोटसाइकल तिब्र गतिमा आएको आएको थियो । ट्राफिक प्रहरी देखेपछि गाँजा बोकेको मोटरसाइकल चालक डराएपछि पार्किङमा राखिएको मोटसाइकलमा ठक्कर दियो । त्यसपछि पनि चालक राई फरार हुन खोजे । डियूटिमा खटिएका ट्राफिकले लखेटेर शनिमन्दिर चोकदेखि अगाडीबाट मोटरसाइकल चालकलाई नियन्त्रणमा लियो । चेकजाँच गर्ने क्रममा उनले बोकेको ब्यागबाट गाँजा बरामद भएको हो,’ डियुटिमा खटिएका एक जना प्रहरीले भने । गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर अनुसन्धान सुरु गरिएको छ ।
राईले धनकुटाबाट प्रतिकेजी ६ सय रुपैयाँमा गाँजा खरिद गरेर ल्याएको प्रहरीलाई बताएका छन् । विराटनगर ल्याएपछि प्रतिकिलोमा ३ हजार रुपैयाँ फाइदा लिएर ९ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बयानको क्रममा बताएका छन् ।
विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा फिजिसियन डाक्टर बिमलेश यादवले स्वास्थ्य उपचार सेवा सुचारु गरेका छन् । अस्पताल प्रशासनले आइतबार डाक्टर बिमलेशलाई स्वागत गरेपछि स्वास्थ्य उपचार सेवा सुचारु गरेका हुन् । भारतको...
काठमाडौं, १४ वैशाख-सरकारले ३१ वैशाखसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखकाे राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराए...
काठमाडौं, १० भदौ-बुधबार नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...
विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...
विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ ।निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको...
विराटनगर । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरर्वड सिलवालले रिर्पोटिङमा गएका संचारकर्मी सोनुकुमार दासलाई दुर्व्यवहार गरेका छन् ।सिलवालले आज साझमा अस्पताल परिसर भित्र संचारकर्मी दासलाई दुर्व्यवहार गरेका हुन् । विराटनगर – ६ घर भएकी...
काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँग जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक भने पछि सारेका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक एक घण्टा ढिला गरिएको छ...
विराटनगर, पुस २५–बलात्कार अभियोग लागेका कृष्णदास गिरी (सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा...