धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १ जनामा पोजेटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ ।
ती ९ जना मध्ये ६ जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । अन्य ३ जनाको पीसीआर परीक्षण गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । यस्तै, केन्द्रले सुदूरपश्चिम प्रदेशभरि ७६ जनाको रिपोर्ट ’इरर’ आएको जनाएको छ ।
बझाङमा ३६, कञ्चनपुरमा २५, डडेल्धुरामा १०, अछाम र बाजुरमा २/२ तथा दार्चुलामा १ जनाको रिपोर्ट ’इरर’ आएको हो । सुदूरपश्चिममा हालसम्म २ हजार ६ सय ६५ पीसीआर परीक्षण गरिएकोमा ५ जनामा संक्रमण भएको पुष्टि भएको थियो ।