काठमाडौं, बैशाख १३-आज शनिबार अमेरिकी डलरसहित केही मुलुकहरूको विनिमयदर बढेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १२१ रूपैयाँ ४२ पैसा र बिक्रिदर १२२ रूपैयाँ २ पैसा थियो भने आज शनिबार एकको खरिददर १२२ रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२२ रुपैया ६३ पैसा पुगेको छ ।
त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ६१ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ ।