लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान, घर फर्किए साढे ४ हजार विदेशी

 न्यूज विराट
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान, घर फर्किए साढे ४ हजार विदेशी

काठमाडौं, १३ वैशाख-देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको १ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् ।

विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । १० चैतदेखि १२ वैशाखसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तर्राष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् ।

प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा यही ८ वैशाखसम्म ४ हजार ५ सय ३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलङ्कन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको ९, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को (४ कार्गो र ४ उद्धार उडानसहित) ८, टीटान एयरको ३, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) २, बुद्ध एयरको १ र कोरियन एयरको २ उडान भए । त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान एकएक उडान भएका छन् ।

यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्डलगायतका मलेसिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौं ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।

लकडाउनको अवधिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उड्डयन इतिहासकै लामो उडान अष्ट्रेलियाको ब्रेश्वन शहरमा गत १९ चैत चार्टर्ड उडान भरेको थियो । त्यस्तै २८ चैत जापानको नारितामा उडान भरेको थियो । भारतको नयाँदिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमको न्यारोबडी जहाजले उडान भरेको थियो । चीनको ग्वाङ्जाओमा निगमका वाइडबडी जहाजले चार कार्गो उडान गरेको थियो ।

सम्बन्धित समाचार

तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको...

प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाका लागि मोदीको शुभकामना

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । मोदीले सोमबार बिहान ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।...

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत...

तेली समाजको महिला कमिटि मोरङमा गठन, अध्यक्षमा अम्बिका साह

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो । साहको अध्यक्षतामा १५ सदस्यिय समिति...

अनेरास्ववियूका ऐन महरलाई रञ्जित तामाङले कारबाही गरे, ओली पक्ष प्रतिवाद गर्दै

काठमाडौं, १० पुस-अनेरास्ववियूका सहसंयोजक रञ्चित तामाङको समूहले संयोजक ऐन महरलाई कारबाही गरेको छ । संगठनको नीति, निर्णय र विधान विपरीतका काम जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार महरलाई संयोजक पदमा नरहने गरी सहसंयोजक तामाङको समूहले कारबाही...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४...

विराटनगरमा भव्य भयो भीमसेन जात्रा (फोटो फिचर )

विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए ।मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा...

तत्काल भुक्तानी दिन निमार्ण व्यवसायीको माग

विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् । लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्