सरकारद्वारा विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय

 न्यूज विराट
सरकारद्वारा विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं, १२ वैशाख-सरकारले विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।वैशाख ८ गते जारी गरेको दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले पारित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको १ मन्त्रीले जानकारी दिए ।

अध्यादेशको चौतर्फी विरोध भएपछि बिहीबार पार्टी नेतासँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने संकेत गरेका थिए । पार्टीभित्र छलफल नगरी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली घेराबन्दीमा परेका थिए ।

दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएर जारी भइसकेका छन् । मन्त्रिपरिषद्ले दुवै अध्यादेश खारेज गर्नका लागि राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको हो । ११ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठक अहिले पनि जारी छ ।

सम्बन्धित समाचार

डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

दैलेख, १ बैशाख-जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय...

सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका...

रुसबाट कोरोना खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै नेपाल आइपुग्ने

काठमाडौं, असार १७ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन...

एम्स हस्पिटलमा सफल उपचार, १० वर्षीय बालकले पाए पुनः जन्म

विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकको विराटनगरस्थित एम्स हस्पिटलमा सफल उपचार भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा। राजेश यादवले सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

भारत–चीनका सैनिकबीच झडपबारे अमेरिकाले दियो प्रतिक्रिया

एजेन्सी, असार ५-अमेरिकाले गलवान घाँटीमा भारत र चीनका सैनिकबीच सोमबारराति भएको हिंसात्मक झडपबारे पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्विट गर्दै भारतीय सैनिक मारिएकोमा समवेदना प्रकट गरेका छन् । पोम्पेओले...

आज २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्