५ वर्षमा भूकम्प प्रतिरोधी कैयौँ संरचना बनाउन सफल भएका छौँः प्रधानमन्त्री ओली

 न्यूज विराट
५ वर्षमा भूकम्प प्रतिरोधी कैयौँ संरचना बनाउन सफल भएका छौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह गरेका हुन् ।

‘सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ’ सन्देशमा भनिएको छ, ‘यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा गम्भीर असर परेको सर्वविदितै छ, मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौँ ।’

प्रधानमन्त्री ओलीका सन्देशमा पुनःनिर्माण तथा पुनःस्थापनाको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरको रहेको र सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको उल्लेख छ । पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधि, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी सबैलाई उनले धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई सो फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको...

कोशी अस्पतालमा एड्स हेल्थ केयरको सेवा विस्तार, संक्रमितको उपचारमा सहज हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ भएको छ । अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रमको सेवा विस्तार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर...

विराटनगरमा जसपाबाट उपमेयरको टिकट उपेन्द्र यादवका छोराले पाए

विराटनगर, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा लाई विराटनगरको उप मेयरमा उठाउने निर्णय गरेको छ । चुनावी तालमेलको क्रममा जसपाले अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई आइतबार राती उप मेयरका...

एमसीसी सम्झौताबारे १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ छैन : ओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले...

अखिल नेपाल ट्रेड युनियनका उपमहासचिव रायलाई पृती शोक

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिब ओपेन्द्र कुमार रायलाई पृती शोक परेको छ । रायको ७२ वर्षीय बुवा रामजी राय अमातको १४ माघमा निधन भएको हो । रायतको तीन छोरा र बुहारीहरु रहेका...

बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार...

पशुपति लगायत देशभरका शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्