बलात्कार आरोपी पक्राउ

 न्यूज विराट
बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार विहान पक्राउ परेका हुन् ।

आरोपी धिरेनलाई पक्राउ गरेर अनुसन्धानका लागि उर्लाबारी ईलाका प्रहरी कार्यालयमा बुझाएको ईलाका प्रहरी मधुमल्लाका प्रहरी नायव निरिक्षक रामकाजी कटुवालले जानकारी दिए । बलात्कारमा परेकी बालिका हाल संरक्षण गृहमा रहेकी छन् ।

लकडाउनको समयमा घरमा एक्लै भएको मौका पारेर छिमेकी धिरेनले दलित बालिकालाई ज्यान मार्ने धम्की दिई बलात्कार गरेको बताइएको छ । प्रहरीले धिरेनविरुद्ध जर्वजस्ती करणी मुद्दा दर्ता गराएको छ ।

सम्बन्धित समाचार

प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार-प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालका अनुसार धनुषा र महोत्तरीका २२ जनामा कोरोना देखिएको हो । थपिएका संक्रमितमध्ये धनुषाका १६ जना छन् भने महोत्तरीका ६...

कोरोना परीक्षण भन्दै झुक्याएर कतारले निष्कासन गर्‍यो कैयौँ कामदार : एम्नेस्टी

काठमाडौं, ४ वैशाख-कोरोना भाइसर (कोभिड–१९ परीक्षण) गर्ने भन्दै झुक्याएर कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा...

श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा

काठमाडौं, २ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । सरकारले नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना...

कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले...

प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ । दलको उपनेतामा प्रदेशसभा सदस्य यशाेदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको एमाले संसदीय दलका नेता भीम प्रसाद...

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

विराटनगरको किड्स भिलेजले मनायो वार्षिक उत्सव

विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले १० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना उत्सव मनाएको हो ।विराटनगरको गुरुकुलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्