लकडाउनको १ महिना पूरा

 न्यूज विराट
लकडाउनको १ महिना पूरा

काठमाडौं, ११ वैशाख-सरकारले घोषणा गरेको लकडाउनको बुधबार १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटकपटक थप भएर वैशाख १५ गतेसम्म पुर्‍याइएको छ ।

लकडाउनमा अत्यावश्यक र पासबाहक सवारीबाहेक अन्य साधनहरू सञ्चालन भएका छैनन् । अत्यावश्यक कामबाहेक बाहिर हिँड्डुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ ।

ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । लकडाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमी आउन सकेको छैन् । सवारी साधन बन्द भए पनि हिँडैरै गन्तव्य जानेहरूको संख्या अत्याधिक रहेको छ ।

उपत्यकाका भीडभाड हुने ठाउँहरु सुनसान रहे पनि भित्रि गल्लीहरूमा केही खाद्यन्न पसल र तरकारी पसलहरू भने बिहान बेलुका खुल्ने गरेका छन् । लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरलाई समस्या भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश-१ सबैभन्दा बढी प्रभावित भएको छ ।

सम्बन्धित समाचार

थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

बिहीबार १ हजार ४० जना भित्रिए

काठमाडौं, ११ असार-सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली उद्दार गर्ने नीति लिएसँगै अन्तर्राष्ट्रिय उडानहरु बढ्न थालेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।...

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् ।...

संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

काठमाडौं, २५ असार-संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् । निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज...

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित, १ बजे बोलाएको प्रदेश सभा अनिश्चित

विराटनगर । कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । आज विहान आठ बजेको लागि बोलाएको कार्यव्यवस्थापन समितिको बैठक स्थगित भएको हो ।परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगेपनि उपसभामुखले अनुपस्थित रहने...

विद्यालय खेलकुद संघ मोरङमा गठन, अध्यक्षमा सितला सुब्बा

विराटनगर । नेपाल विद्यालय खेलकुद संघ मोरङ गठन भएको छ । विराटनगरमा आइतबार भएको भेलाले नेपाल विद्यालय खेलकुद संघ गठन भएको हो । संघको अध्यक्षमा सितला सुब्बा रहेकी छिन् । उनी प्याब्सन मोरङको निर्वतमान अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्