लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

 न्यूज विराट
लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार कार्यलाई तीव्रता दिइएको हो ।

मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानीसम्मको सडक विस्तारका लागि २ चरणमा १७ करोड र १५ करोडमा १ निर्माण व्यवसायीलाई बोलपत्र आह्वान गरी स्वीकृति प्रदान गरिएको र आगामी ३ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्ने अनुमति दिइएको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

सडक विस्तारका क्रममा अहिले ६ डोजर र ३ टिपर निर्माणका लागि प्रयोग भइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने काठमाडौंको छैमलेबाट कुलेखानीसम्म सडक विस्तारका लागि पनि काठमाडौं र मकवानपुर जिल्ला समन्वय समितिको संयुक्त लगानीमा सडक विस्तार भइरहेको मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । रासस

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र...

मन्त्री कार्कीद्वारा मोरङको मावा, बक्राहा र चिसाङ कटान निरीक्षण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् । मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र...

विराटनगर आएर लिङ्देनले भने–संसदीय निर्वाचनको अहिलेदेखि तयारी गर्नुपर्छ

विराटनगर,१४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ। राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक...

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं, ८ जेठ-नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ...

धरौटीमा छुटेलगत्तै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं, १८ वैशाख-स्वास्थ्य सामग्री कालो बजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । कालो बजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी अग्रवाललाई प्रहरीले छुटेलगत्तै पक्राउ गरेको...

राईजिङ र सरस्वती सेमिफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा राईजिङ स्कुलले...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

रोटरी भवनमा मानसिक स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा मानसिक स्वास्थ्य समन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रख्यात मनोचिकित्सक डा. राजन मिश्राले मानसिक स्वास्थ्यमा देखा पर्ने समस्या र समाधानका उपायबारे प्रकाश पारे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्