वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

 न्यूज विराट
वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं, ११ वैशाख-वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ ।

यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्दा राम्रो हुने स्वास्थ्यकर्मीले बताएका छन् । आमाको अनुहार हेर्ने अति पवित्र दिनमा सबैले सामाजिक दूरी कायम गरेर मात्र आमाको अनुहार हेर्दा राम्रो हुने काठमाडौंको पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रकी डा. उरुसा पौडेलले सुझाव दिइन् ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आजको दिन दिवंगत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा मेला लाग्छ । तर, यो वर्ष लकडाउनका कारण मेला प्रभावित भएको छ ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो ।

उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन ।

सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गरिन्छ ।

सम्बन्धित समाचार

भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...

दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी

दाङ, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै, प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा...

उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ मंसिर-गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनामा कोरोना पोजिटिभ...

नेपालमा ९१३ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-कोरोना संक्रमणमुक्त भएर गत २४ घण्टाको अवधिमा डिस्चार्ज हुनेको संख्य ३६ जना रहेका छन् । पर्साको नारायणी अस्पतालबाट ५ पुरुष, सप्तरीको साहीकृष्ण आसोलेसनबाट १७ पुरुष, बाँकेको ढुढुवामा रहेको आसोलेसन सेन्टर ८ पुरुष र...

लुम्बिनी विकास बैंकद्वारा लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सप्तरी, जेठ ८–लुम्बिनी विकास बैंकले लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महामारीका रुपमा फैलिएको कोभिड–१९ को उपचारमा तथा रोकथाममा सकृय स्वास्यकर्मीको उच्च मनोबल बढाउन लुम्बिनी विकासको बैंक लाहान शाखाले नगरपालिकालाई ७२ हजार रुपैयाँ...

सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले...

आज १६१४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।  त्यस्तै, बिहीबार १ हजार ४ हजार...

विराटनगरको नारायण र अम्विका वास्त्रालयमा राजस्वको छापा, कागजपत्र नियन्त्रणमा

विराटनगर । विराटनगरको दुई ठूलो कपडा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।राजस्व अनुसन्धान टोलीले बुधबार दिउँसो विराटनगर मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका बस्त्रालयमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो । भारतबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्