४० हजार बढीको कोरोना परीक्षण

 न्यूज विराट
४० हजार बढीको कोरोना परीक्षण

काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् ।

पिसिआर र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएका छन् । गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्त डा विकास देवकोटाले बताए ।

सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन् । देशभरी ८ हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

स्वच्छ वातावरण राख्न जैविक विविधताको महत्त्वपूर्ण योगदानः प्रधानमन्त्री ओली 

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका...

विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ

विराटनगर, ९ जेठ । विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । उनलाई विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले पक्राउ गरेको...

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं,  २ असोज-ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  उनी गत...

मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम...

हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् । मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार...

थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै...

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्