उदयपुरमा थप तीन जना कोरोना संक्रमित, उदयपुरमा मात्र २७ जना

 न्यूज विराट
उदयपुरमा थप तीन जना कोरोना संक्रमित, उदयपुरमा मात्र २७ जना

विराटनगर, बैशाख १०–उदयपुरको भुल्केमा थप तीन जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसअघि भुल्केका २४ जनामा संक्रमण देखिएको थियो । यो सँगै उदयुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ भने देशभर ४५ जना संक्रमित भएका छन् ।

मंगलबार मात्र भुल्के बस्तीका ११ जनामा संक्रमण देखिएको थियो । शुक्रबार १२ र शनिबार एक जनामा संक्रमण देखिएपछि गरिएको परीक्षणको क्रममा विराटनगरको प्रयोगशालामा ८ जना र काठमाडौंको प्रयोगशालमा ३ जनामा संक्रमित थपिएका थिए ।

संक्रमण देखिएका व्यक्तिलाई विराटनगर पठाउने ल्याउने तयारी भइरहेको छ । नयाँ संक्रमितसँगै मंगलबार विराटनगर ल्याउन छुटेका १ व्यक्तिलाई पनि ल्याइने जनाइएको छ । संक्रमितलाई विराटनगर ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए । उदयपुरमा कोरोना पोजेटिभ देखिएका ११ भारतीयसहित २३ जना विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन् ।

सम्बन्धित समाचार

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे

काठमाडौं, २३ असोज-नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो । आज १३ हजार २ सय ७९ को पीसीआर गर्दा...

राष्ट्रसेवक सहकारीको कुल आम्दानी ४ करोड ८१ लाख

विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ । विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक...

पर्शुराम बस्नेतले गरेको निलम्बन खारेज, खेलकुद समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योञ्जनको पुनर्बहाली

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योन्जन तामाङ्गको पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गर्ने आदेश दिएको हो ।प्रदेश खेलकुद विकास...

खोप लगाउनेको संख्या सरकारको लक्ष्यभन्दा कम, दुई दिन समय थपियो

सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप ४ लाख ३० हजारलाई लगाउने घोषणा गरेको थियो । तर, लक्ष्यअनुसार खोप लगाउनेको संख्या कम देखिएको छ । शनिबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २ सय २६ खोप केन्द्रबाट ३...

गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ । स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख...

नेकपाले चियापन कार्यक्रम नगर्ने

काठमाडौं, ११ कात्तिक-सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैँ, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।  नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय...

यसरी बनेको थियो संखुवासभाको सामूहिक हत्या योजना

काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्