धनगढी, १० वैशाख-सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएका छन् ।सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आए पनि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो अस्पतालका प्रवक्ता तथा उपचारमा संलग्न डाक्टर जगदिश जोशीले जानकारी दिए ।
उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो । यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उप–महानगरपालिका-५ का ३४ वर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ । दुवै जनाको पछिल्ला २ रिपोर्ट नेगेटिभ आएको थियो । अब सुदूरपश्चिम प्रदेशम २ जना मात्रै कोरोना संक्रमित रहेका छन् ।