गृहमन्त्रीको नवनियुक्त डिआइजीलाई निर्देशन : लकडाउनको प्रवाभकारी कार्यान्वयन गर्नुहोस्

 न्यूज विराट
गृहमन्त्रीको नवनियुक्त डिआइजीलाई निर्देशन : लकडाउनको प्रवाभकारी कार्यान्वयन गर्नुहोस्

गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले कामकारबाही अघि बढाउन नवनियुक्त डिआइजीहरूलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको स्मरण गराउँदै इमान्दारीपूर्वक कर्तव्य पालना गर्न निर्देशन दिएका हुन् ।

उनले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाइमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रमोर्चामा रहेको उल्लेख गर्दै यसविरुद्धका रणनीति सफल लडाइँ जित्ने बताए ।

‘अहिले हामी कोरोना विरुद्धको लडाइँमा छौँ, यो लडाइँमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्नुपरिरहेको छ, हाम्रो रणनीति सफल भए हामीले यो लडाइँ जित्नेछौँ । लकडाउन र सामाजिक दूरीलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, सिमानाको कडाइमा विशेष ध्यान दिनुहोस्’ उनले भने ‘जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस् । सबै प्रदेशको आ-आफ्नै विशेषता छन्,  त्यसलाई मनन् गर्दै काम गर्नुहोस् । प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस् ।’

गृहसचिव महेश्वर न्यौपानले पनि डिआइजीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै एक/दुई जना सुरक्षाकर्मीले सानो गल्ती गर्दा पनि ठूलो बढाईचढाई हुने गरेको भन्दै गल्ती नहोस् भनी विशेष चनाखो रहन प्रहरीलाई निर्देशन दिए । कार्यक्रममा आइजिपी र ३ जना एआइजी पनि उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार

बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु

बाँके, ४ जेठ-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।...

राजापाक्षेको पार्टीलाई बहुमत, ओलीले दिए बधाई

एजेन्सी, साउन २३-श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षेले संसदीय निर्वाचनमा ठूलो जीत हात पारेको घोषणा गरेका छन् । उनका दाजु महिन्दा राजापक्षेलाई अब प्रधानमन्त्री बनाउने बाटो खुला भएको छ । उनले गत वर्षको नोभेम्बरदेखि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी...

यस्ता छन् प्रदेश १ का कानुनमन्त्री कार्कीको १४ महिनाको उपलव्धि

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले २७ बुद्धे उपव्धि सार्वजानिक गरेका छन् । आन्तरिक मामितला तथा कानुन मन्त्रालय समालेको १४ महिना हुन लागेको र नयाँ सरकार गठनको प्रक्रिया...

जाजरकोटका दलितको घरमा रित्तियो भकारी

जाजरकोट, ३० चैत-बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ । शान्तिलाई जस्तै अयर्ना...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै...

मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन्...

महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको...

कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

विराटनगर, वैशाख १७–प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्