काठमाडौंमा लकडाउन उल्लंघन गर्नेबाट ७० हजार जरिमाना असुल

 न्यूज विराट
काठमाडौंमा लकडाउन उल्लंघन गर्नेबाट ७० हजार जरिमाना असुल

काठमाडौं, ९ वैशाख-बन्दाबन्दीका बेला अत्यावश्यक काम नभई घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिमाना असुल गर्न थालेको छ ।अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आमनगरावासी कोरोना भाइरस संंक्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रूपमा १ सय रुपैयाँ जरिमाना गर्न थालिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिए ।

बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा ४ घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पनि एक हजार जरिमाना गराउन थालिएको छ । हालसम्म जरिमानाबाट ७० हजार रुपैयाँ राजश्व जम्मा भएको पनि उनले बताए । नगर क्षेत्रबाट काठमाडौंबाहिर जान लागेका श्रमिक एवं विपन्न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ । रासस

सम्बन्धित समाचार

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

प्रदेश १ का ३१ मध्ये ६ संक्रमितले जिते काेराेना

विराटनगर, २३ वैशाख-उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको...

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग 

काठमाडौं, १० जेठ-विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटोपत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुने क्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकारसमूह (एनएफपिजे) नेपाललाई कूल १००...

आज १३८२ संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९ सय ४७ को पीसीआर गर्दा आज १ हजार ३ सय ८२ संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल...

चिनियाँ राजदूतको रहस्यमय मृत्युले इजरायलमा हलचल

एजेन्सी, जेठ ४–इजरायलमा नयाँ सरकारको शपथग्रहणभन्दा केही घण्टापहिले नै चिनियाँ राजदूतको रहस्यमय मृत्युले हलचल मच्चिएको छ । चिनियाँ राजदूत डू वेई तेलअभिवको हर्टजलियास्थित घरमा मृत फेला परेका थिए । यो घटनाको पुष्टि इजरायलको विदेश मन्त्रालयले...

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...

स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

काठमाडौं,  ३१ भदौ-पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्