पैसा नदिएको भन्दै रड प्रहार गरी बुबाको हत्या

 न्यूज विराट
पैसा नदिएको भन्दै रड प्रहार गरी बुबाको हत्या

धनुषामा गएराति १ युवकले बुबालाई रड प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको शहीदनगर नगरपालिका–९ का ३० वर्षीय नथुनीले ५५ वर्षीय बुबा सुखिया सदालाई रड प्रहार गरी हत्या गरेका हुन् ।

घरायसी कुरामा झगडा परेपछि बुबाको टाउकाेमा रड प्रहार गरी छोराले हत्या गरेका गरेका इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

प्रहरीका अनुसार नथुनीले बुबासँग पैसा मागेको र नदिएपछि दुवै जनाबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । हत्या गरी फरार रहेका नथुनीलाई आज बिहान इलाका प्रहरी कार्यालय यदुकुहाको टोलीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

आज र भोलि नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...

अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

काठमाडौं, १९ भदौ-अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । डा. युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको दुवै मन्त्रालको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई दिएकी हुन् ।...

नेपालमा अब कसैले हिंसा मच्चाउन सक्दैन, नरभक्षी आन्दोलनका दिन गए : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले ननभेज आन्दोलन भनेको के चिकन चिल्ली खान्छु भन्नुभएको हो, होइन उहाँले...

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...

नक्सा र निशान छाप संशोधनको विरोधमा भारतको कूटनीतिक नोट

काठमाडौं, २५ असार-नेपालले प्रकाशित गरेको नेपालको नयाँ नक्सा र निशान छाप संशाेधनप्रति असन्तुष्टि जनाउँदै भारतले ‘कूटनीतिक नोट’ पठाएको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै गत ३१ जेठमा निशान छाप...

ग्यास अभाव हुँदैन, चाहिनेभन्दा बढी खरिद नगर्नुस्

निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ । यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् । ग्यास बिक्रेता भने एक महिनाका...

पञ्जावमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, साउन १८-भारतको पञ्जाव राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा पञ्जाव प्रान्तका उत्तरी क्षेत्रका ३ जिल्लाका व्यक्तिहरू रहेका छन् । प्रहरीले अवैध मदिरा...

लक डाउन उल्लंघन गर्ने २ सय ३४ सवारी मोरङ प्रहरीको नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्