राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

 न्यूज विराट
राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका १०१ नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकले १०१ नम्बरमा आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । ‘पैसा नलाग्ने टोल फ्रि नम्बर १०१ सञ्चालनमा ल्याएका छौँ,’ उनले भनिन्, ‘कोरोना भाइरसका कारण परेको समस्याका बारेमा जानकारी गराउन सक्नेछन् ।’

यस्तै, वीरेन्द्रनगर नगरपालिकाका स्थायी बासिन्दा जिल्ला बाहिर वा अन्य ठाउँमा रहेको र हालको अवस्थाको विषयमा जानकारी दिन नगरपालिकाले आग्रहसमेत गरेको छ ।

सम्बन्धित समाचार

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...

कोसी ब्यारेजको क्वारेन्टाइनबाट १९ भारतीय फरार

काठमाडाैं, २६ वैशाख-क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् । भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका...

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ६ फागुन । ओमानमा शुक्रबार सुरु भएको विश्वकप टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार ओमानको अल अमरेत मैदानमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको शुखद् सुरुवात गरेको हो...

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल,  ११ कात्तिक-कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालका...

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...

कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो

एजेन्सी, बैशाख २०-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । कोरोना संक्रमितबाट सबैभन्दा...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालु स्कुललाई

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्