हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

 न्यूज विराट
हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

चितवन, ८ वैशाख-शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने निर्णय गरिएको हो ।

कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति पुगेको छ । क्षतिको कृषि ज्ञानकेन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र स्थानीय तहहरूसँग समन्वय गरेर विवरण लिई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायमा पठाइने भएको छ । बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्वी चितवनका कृषकले ठूलो नोक्सान व्यहोर्नुपरेको भन्दै राहतका लागि आवश्यक पहल थाल्नुपर्ने बताए ।

कृषि ज्ञान केन्द्रको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानले मलबिउ वितरण गर्न आग्रह गर्दै अहिलेका बालीलाई आवश्यक पर्ने मलबिउ व्यवस्थापन गर्न उनले आग्रह गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मल, बिउ, औजार र कृषिजन्य उत्पादनको ढुवानीमा रोक नलगाइएको तर भीडभाड गर्न नहुने बताए । कृषि ज्ञान केन्द्रको सिफारिसमा कृषिजन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्न प्रशासन सकारात्मक रहेको उनले बताए ।

सो अवसरमा कृषिज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, साल्ट ट्रेडिङ लिमिटेडका चितवन प्रमुख बुद्धिविनोद दाहाल र कृषि सामग्री केन्द्र चितवनका प्रमुख रवीन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मलबिउको अहिलेको अवस्थाको बारेमा जानकारी गराएका थिए । रासस

सम्बन्धित समाचार

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को...

विराट मोडेल कलेजमा विद्यार्थी बिदाई र स्वागत एउटै मन्चमा

विराटनगर । विराटनगर – ९ मा रहेको विराट मोडेल कलेजले स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बिहीबार एउटै मन्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको हो । बिबिएस...

मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं, साउन २९ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको...

कोरोनाबाट २४ घण्टामा ५ महिला र ३ पुरुषको मृत्यु

काठमाडौं, ११ भदौ-बिहीबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...

बूढानिलकण्ठ स्कुलमा बुद्ध जयन्ती मनाईयो

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...

कुपोषण नियन्त्रण गर्न पोषण बाढ्दै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...

नेकपाकाे स्थायी समिति बैठक स्थगित

काठमाडौं, ३१ वैशाख-आज बिहान ११ बजे बाेलाइएकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना संक्रमण बढेको र कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट हुन बाँकी रहेकोले आज...

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्