प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय

 न्यूज विराट
प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय

बुटवल, ३ वैशाख-प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो ।

प्रदेशभरीका १ सय ९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ अनुदान दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बैठकले बुटवल, घोराही, तुलसीपुर उपमहानगरपालिका तथा सिद्धार्थनगर नगरपालिकालाई २०/२० लाख र नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५/१५ लाख र ७३ गाउँपालिकालाई १०/१० लाख रुपैयाँ अनुदान दिने बताइएको छ ।

सम्बन्धित समाचार

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

नो एमसीसी लेखिएको शंकास्पद वस्तु फेला

काठमाडौं, १६ फागुन ।काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । ‘नो एमसीसी, खतरा’ लेखिएको वस्तु भेटिएको हो । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६...

नासाका दुई अन्तरिक्ष यात्रीसहित स्पेसएक्स मिसन लञ्च

एजेन्सी, जेठ १७–स्पेसएक्सको अन्तरिक्ष यान द क्रु ड्रयागन नासाका दुई अन्तरिक्षयात्रीसहित प्रक्षेपण गरिएको छ । यो मिसन अमेरिककाको फ्लोरिडास्थित केनेडी एयर स्पेसबाट प्रक्षेपण गरिएको हो । अमेरिकाले ९ वर्षपछि अन्तरिक्ष मिसन पठाएको हो । निजी...

परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई सोधेः नेपाली भूमिमा किन बाटो बनाएको ?

काठमाडौं, २९ वैशाख-सरकारले लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएको बिषयमा भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

रामचन्द्र पाैडेल भन्छन्, ‘सरकार अटेरी भयाे’

काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर...

चीनले नियन्त्रणमा लिएका १० भारतीय सैनिक रिहा

एजेन्सी, असार ५-गत सोमबारराति गलवान घाँटीमा भएको झडपका क्रममा चिनियाँ सेनाले नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई रिहा गरिएको छ ।सो हिंसात्मक झडपपछि चीनले नियन्त्रणमा लिएका सेनालाई रिहा गरिदिएको हो । भारतको पत्रिका द हिन्दूले...

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्