काठमाडौं, १ वैशाख-नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २ महिनाको पारिश्रमिक कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने घोषणा गरेका छन् ।
उनले दिएको नयाँ वर्षको शुभकामना सन्देशमा कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका उल्लेख गर्दै यसबेला एकताबद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी बताएका छन् ।
‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौँ। यसबेला एकताबद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ’ सोमबार नयाँ वर्षको शुभकामना सन्देशमा उनले भने ‘यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु ।’
उनले पद प्रतिष्ठा, सत्ताशक्ति र धनसम्पत्तिको क्षणिक सुखलाई सत्य, ठीक र न्यायको पक्षधरताबाट मिल्ने आनन्दभन्दा बढी महत्वको ठान्ने भ्रमले धेरैलाई लपेटेको उल्लेख गर्दै त्यसले व्यक्ति र समाजलाई हानी पुर्याइरहेको बताएका छन् ।