सिन्धुलीका ३ सय घरपरिवारलाई राहत प्रदान

 न्यूज विराट
सिन्धुलीका ३ सय घरपरिवारलाई राहत प्रदान

सिन्धुलीकोकमलामाई नगरपालिकाले हालसम्म ३ सय घरपरिवारलाई राहत प्रदान गरेको छ ।लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी राहत वितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा गर्न कठिनाइ भएका र मापदण्ड पूरा भई सम्बन्धित वडाको सिफारिस भई आएका घरपरिवारलाई राहत प्याकेज उपलब्ध गराइने छ ।

शनिबार बसेको स्थानीय विपद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले वडाबाट सिफारिस भई आएका परिवारलाई राहत दिने निर्णय गरेको थियो ।

नगरपालिकाले यसअघि ७६ घरपरिवारलाई राहत प्याकेजअनुसार प्रतिव्यक्ति २० केजी चामल, ३ केजी दाल, १ केजी चिनी, २ केजी आलु, ५० ग्राम बेसार, १ लिटर तेल र १ केजी नुन प्रदान गरेको थियो ।

श्रमिक तथा अतिविपन्न परिवारको चुलो निभ्न नदिन कमलामाई सचेत रहेको र त्यस्ता व्यक्तिलाई तत्कालै राहत उपलब्ध गराउने पक्षमा आफू रहेको प्रमुख खत्रीले बताए ।

हाल विद्यमान कोभिड–१९ को महामारीको कारणबाट नगरपालिका क्षेत्रभित्र राहत वितरणका लागि खाद्यान्न आपूर्तिका लागि डोकानिया ब्रदर्ससँग सम्झौता भएअनुसार भुक्तानी दिँदा धरौटीवापत पाँच प्रतिशत रकम कट्टा गर्ने र सम्झौतानुसार तत्काल ५ सय प्याकेज राहत सामग्री माग गर्ने तथा आवश्यक भएमा थप माग गर्नेसमेत निर्णय भएको उनले जानकारी दिए । रासस

सम्बन्धित समाचार

पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम, गर्भवतीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र...

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को...

सह–प्राध्यापक प्रसाईंको विदाई

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्रका सह–प्राध्यापक उदयराज प्रसाईंको विदाई गरिएको छ ।उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएका सह–प्राध्यापक प्रसाईंलाई जनसंख्या तथा विकास केन्द्र, जनता आदर्श बहुमुखी क्याम्पस र कलेज अफ ल...

प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये...

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा...

३० हजारको रेम्डेसिभिर १ लाख २० हजारमा बेच्न खोज्ने पक्राउ

कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५...

कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको शव व्यवस्थापन

डडेल्धुरा, १३ असार-चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । भरतपुरको नेपाली सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो आफन्तको उपस्थितिमा शव भरतपुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्