सप्तरी, चैत २९–सप्तरीको सप्तकोशी नगरपालिका–८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय आक्रोसित बनेका हुन । सप्तकोशी नगरपालिकाले लक डाउन प्रभावित १० हजार व्यक्तिलाई राहत वितरणको लागि चामल, दाल, नुन र तेलको व्यवस्था गरेको थियो ।
राहत प्याकेजमा एक हप्ताको लागि प्रतिव्यक्ति साढे तिन किलो चामल, ३५० ग्राम दाल, १ पोका नुन, आधा लिटर तेलको व्यवस्था थियो। राहत वितरणमा नगरको मापदण्ड भन्दा कम वितरण गरेको स्थानियले आरोप लगाएका छन् ।
विवाद चरम उत्कर्षमा पुगेपछि नगर प्रमुख उत्तम कुमार शर्मा, वडाध्यक्ष केदार प्रसाद शाह, स्थानिय अगुवा, विपक्षी दलका प्रतिनिधी, स्थानिय, पत्रकार आदि गरि तिन दर्जन भन्दा बढीको सहभागितामा वडा नं ८, ओद्राहा स्थित नन्द उच्च माध्यमिक पब्लिक विद्यालयको प्राङ्गणमा विवाद समाधानका लागि बैठक बसेको थियो।
बैठकमा बोल्दै नगर प्रमुख शर्माले देशमा जारी लकडाउनले देश संकटमा परेको बेला हुनेखानेले राहत हात पारेर गरिब मजदुर भोकै बस्नुपरेको बताए । यस्तो संकटको घडिमा अनियमितता गर्नु अपराध हुने भन्दै उनले पक्षपात गर्नेलाई छुट नहुने चेतावनी दिए ।