औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

 न्यूज विराट
औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा असहयोग गर्ने गरिरहेकोले त्यसलाई सहज रूपमा आवत जावत दिनुपर्ने माग राख्दै संघले आज प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर नेपाल औषधी व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, सचिव हरिराज रेग्मीले ज्ञापनपत्र बुझाएका थिए ।

विरगञ्ज र काठमाण्डौबाट आउनुपर्ने औषधीको ढुवानी नहुँदा प्रदेश १ मा दिर्घरोगी तथा आकस्मिक विरामीहरुको उपचारमा आवश्यक पर्ने औषधीहरुको बजारमा अभाव हुन थालिसकेकोले तत्काल त्यस्ता औषधीहरुको ढुवानीमा पहल गरिनुपर्ने संघद्धारा जारी विज्ञाप्तीमा उल्लेखछ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा अति आवश्यकीय औषधीजन्य वस्तुहरुको अभाव हुन नदिन संघले भुमिखा खेल्दै आएको जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रास र गम्भिरताका वावजुद चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सँगै अग्रपंत्तिमा खटिएर सेवा दिंदै आएका औषधी व्यवसायी तथा उनीहरुका कर्मचारीहरुको जीवन रक्षाकालागि प्रदेश सरकारले सुरक्षा सामाग्रीको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो 

काठमाडौं, १८ साउन -नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की ६८ वर्षीय महिला रहेकी छन् ।  ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि १४ साउनमा...

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

विराट व्यापार संघद्वारा बर्जुका आगलागी पिडीतलाई राहत वितरण

विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जुका आगलागी पीडितलाई राहत वितरण गरेको छ । सुनसरी बर्जु–४ स्थित मुस्लिम टोलमा २ दिन अघि भएको आगलागी पीडितलाई राहत वितरण गरेको हो ।  आगलागीबाट बिस्थापित १६ घर परिवारलाई...

आज महाशिवरात्रि, पशुपतिमा २० लाखले दर्शन गर्ने अनुमान

काठमाडौं, फागुन ९–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७...

मोरङ कारागारमा देवीको मन्दिर बन्दै

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो । नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,...

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौै,  १८ असोज-विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्...

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पानी पर्ने संभावना भने यथावत रहेको औल्याएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले...

औषधी व्यवसायी ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । मुलुकको शान्ति विकास र समबृद्धिको कामना गर्दै दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्