बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

 न्यूज विराट
बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

नेपालमा रहेका बेलायती नागरिक बुधबार (आज) फर्कंदै छन् । बेलायती नागरिक लैजानका लागि बुधबार दिउँसो १२ बजे टाइटन एयर काठमाडौं आउँदै छ ।

उक्त एयरले चार्टर उडान गर्न नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ । टाइटनले ३ सय यात्रु बोकेर फर्कंदै छ । त्यस्तै, लकडाउनपछि कतार एयरले नेपालबाट आफ्नो छैटौँ चार्टर उडान पनि गर्दै छ ।

जर्मन दूतावासले गरेको चार्टरमा उसले जर्मनी र युरोपेली मुलुकका नागरिक लिएर फर्कन लागेको हो । कतार एयर ११ बजे आएर १२ बजे फर्कंदै छ । बुधबारको समेत उडानपछि लकडाउनको अवधिमा विमान चार्टर गरेर करिब २ हजार ६ सय विदेशी नागरिक फिर्ता गएका छन् ।

सम्बन्धित समाचार

कोरोनाको आशंकामा एकै दिन ३ हजार ७ सय बढीको परीक्षण, थपिएनन् संक्रमित

सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा ४७ हजार बढीको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा आरडीटी र पीसीआर विधिबाट ४७ हजार बढीको परीक्षण गरिएको बताए...

विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ बिमोचन

विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ...

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

केन्द्रीय कारागारका २७ सयभन्दा बढी कैदीबन्दीले लगाए कोरोनाविरुद्धको खोप

सरकारले केन्द्रीय कारागारका २ हजार ७ सय ३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय...

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी...

प्रधानमन्त्री ओली र मोदीबीच फोन सम्वाद, आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन् ।भारतीय प्रधानमन्त्री मोदीसित आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न विषयमा छलफल गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उनले...

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले देश छोडेको पुष्टि

श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले श्रीलंका छोडेको रहस्य खुलेको छ । बेलायती प्रसारण संस्था बीबीसीसँग कुरा गर्दै श्रीलंकाका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षे स्वदेशमा नभएको बताएका हुन्। आर्थिक संकट गहिरिँदै  गएपछि नागरिकको आन्दोलन चर्को बन्दै जाँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्