कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

 न्यूज विराट
कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यसैगरी उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रदेश नम्बर २ र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेलाई संसदमा भएका राजनीतिक दलहरुसँग निरन्तर सम्बाद र समन्वय गर्ने, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई महिला, बालबालि र जेष्ठ नागरिकहरुको अवस्थाको विषयमा जानकारी लिन र समन्वय गर्ने र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार

विराट मोडेल कलेजमा विद्यार्थी बिदाई र स्वागत एउटै मन्चमा

विराटनगर । विराटनगर – ९ मा रहेको विराट मोडेल कलेजले स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बिहीबार एउटै मन्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको हो । बिबिएस...

विराटनगर महानगरले स्थापना गर्यो ‘राहत कोष’

विराटनगर, चैत १५–‘लक डाउन’ का कारण भएको खाद्यान्न अभाव न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

भारतमा कोरोनाबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

एजेन्सी, बैशाख २७-भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...

विरोध गर्दा खराब काम गरिएछ कि जस्तो पनि लाग्न छोड्यो : प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनाती भएकाले...

आइटिएफ तेक्वान्दोका महासचिव थापा अमेरिका प्रस्थान

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) का महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान गरेका छन। युस आईटीएफको निमन्त्रणा मा २०२३ डिसेम्बर ९, सयुक्त राज्य अमेरिकाको फ्लोरिडा शहरमा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी...

सौर्न्दर्यकर्मी युनियन दुहबीमा गठन, अध्यक्षमा माझी

विराटनगर । राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल सुनसरीको दुहबीमा नगर कमिटि गठन भएको छ । दुहबीमा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल नगर कमिटिको गठन गरेको हो । राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल दुहबी नगरकमिटिको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्