संक्रमणको सम्भावना भई क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको कोभिड-१९ साथी एप सञ्चालनमा आएको हो ।
एपको जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टाइनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
‘होम क्वारेन्टाइन’ वा सार्वजनिक क्वारेन्टाइनमा राखेका व्यक्ति सीमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालीन केन्द्र, प्रहरी तथा अन्य आपतकालिन निकायमा ‘अलार्म’ बज्ने उनले बताए ।