काेराेना संक्रमणबाट जाेगिन स्थानीयले लगाए ढाट

 न्यूज विराट
काेराेना संक्रमणबाट जाेगिन स्थानीयले लगाए ढाट

सप्तरीको राजविराज नगरपालिका–५ का बासिन्दाहरूले बाहिरी व्यक्तिहरूलाई आवतजावतमा निषेध गरेका छन् । कोरोनो भाइरसबाट जोगिन सरस्वती टोलपारि भलुवाही नदी पूर्व टोलमा युवाहरूले टोल प्रवेश गर्ने मूलबाटो नै छेकिने गरी बाँसको ढाट लगाएर आवत–जावत पूर्ण रूपमा निषेध गरेका हुन् ।

लकडाउनको समयमा अपरिचित व्यक्तिहरूको आवत–जावतसँगै मदिरा सेवन गर्ने उद्देश्यले समेत आउने गरेकाले स्थानीय युवाहरू एवं टोलवासीको सक्रियतामा टोल प्रवेश निषेध गरिएको वडा नम्बर ५ का वडा सदस्य पार्थो सरकारले जानकारी दिएका छन् । उनले लकडाउनको अवधिभर अति आवश्यक कामबाहेक अन्य अवस्थामा घरबाट समेत ननिस्किन टोलवासीलाई अपिल गरेका छन् ।

स्थानीय युवाको पहलका कारण यो अभियान निकै प्रभावकारी भइरहेको छ । कोही बाहिर गएका पनि छैनन् र बाहिरबाट आउनेहरू पनि बाटो छेकेका कारण आउन सकेका छैनन् । सरकारले गरेको लकडाउनको अवधिमा समेत टोलमा आवागमन भइरहेकाले रोक लगाउनुपरेको स्थानीयवासीको भनाइ छ ।

राजविराज नगरपालिका–५ का बासिन्दाहरूको यो अभियान अन्य वडामा पनि सञ्चालन गर्ने माग उठ्न थालेको छ । अभियानलाई स्थानीय प्रशासनले पनि सहयोग गरेको छ ।

सम्बन्धित समाचार

लायन्सको पाँचदिने वेविनार शुरु

विराटनगर, वैशाख ३१–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले कोभिड १९ को महामारीकोवीचमा पनि विभिन्न सेवाहरुलाई निरन्तरता दिएको छ । चुनौतीपूर्ण समयमा पनि क्लवले सेवासँगसँगै विभिन्न अन्र्तक्रियाहरु अघि बढाएको जनाएको छ । डिष्ट्रिक ३२५ एवानको आयोजनामा...

केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार, एक जना पेस्तोलसहित पक्राउ

विराटनगर । मोरङको केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राईलाई खुकुरी प्रहार गर्ने लेटाङ नगरपालिका–१...

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, कात्तिक २५ ।  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न...

भारतमा कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो

काठमाडौं, ३ जेठ-गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...

पूर्वमन्त्री पण्डितको पहलमा मोरङ–६ मा करोडौँको योजना बजेटमा समावेस

विराटनगर, जेठ २८–निर्वाचनका समयमा आफु निर्वाचित भएपछी कहिल्यै निरास नबनाउने जनतामाझ प्रतिवद्धता जनाएका पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा करोडौँको योजना बजेटमा समावेस भएको छ । सांसद पण्डितको निर्वाचन क्षेत्रमा...

अत्यावश्यकबाहेक सबै सेवा बन्द

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्