नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।
‘आज फेरि एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। यो केस पनि काठमाडौं उपत्यका भन्दा बाहिरको हो । १९ वर्षीय महिला बेल्जियमबाट कतार हुँदै १७ मार्च (चैत ४ गेत) क्वूआर ६५२ प्लाइटबाट आउनु भएको हो । उहाँ चिकित्सको सम्मपर्कमा हुनुहुन्छ, उहाँको स्थिति सामान्य छ’ मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने । भाइरस पोजेटिभ पुष्टि भएपछि उनलाई काठमाडौं उपचारका लागि ल्याइँदै गरेको मन्त्रालयले जनाएको छ ।