सत्तारुढ सांसदमा बदलाभाव, प्रदेश–२ ले पाएन स्थायी राजधानी

 न्यूज विराट
सत्तारुढ सांसदमा बदलाभाव, प्रदेश–२ ले पाएन स्थायी राजधानी

जनकपुर, चैत ५–सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश–२ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दल राजपा र समाजवादी पार्टीका बहुसंख्यक सदस्यले जनकपुरको विपक्षमा मतदान गरेपछि प्रदेश राजधानी टुंगो लगाउन प्रदेशसभा असफल भएको हो । मंगलबार अबेर राति सम्पन्न मतदानको नतिजाअनुसार जनकपुरको पक्ष÷विपक्षमा समान ५२ मत खसेको छ । यस्तै तीन मत बदर भएको छ । योसँगै प्रदेशसभाबाट स्थायी राजधानी टुंगो लगाउने प्रयास असफल भएको हो ।

यसअघि ४ वटा नामको प्रस्तावमा मतदान हुँदा कुनैपनि नाममा दुई तिहाइ नपुगेपछि प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि असफल भएको थियो । जनकपुरलाई स्थायी राजधानी बनाउने विषयमा सबै दलहरु एक ठाउँमा जस्तै रहेपनि पछि मधेस प्रदेश बनाउने सत्तारुढ दलको प्रस्तावमा काँग्रेस र नेकपाले समर्थन नगरेपछि सत्तारुढ दलका सांसद चिढिएका थिए ।

सम्बन्धित समाचार

रिसर्चमा आधरित विद्यार्थी उत्पादन गरिनुपर्नेमा जोड

विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गरेर विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लाई चिनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । फुस्याट कलेजले दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

भ्रष्टाचार निर्मूल पार्न आचरण बदल्नु पर्नेमा जोड

विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित...

मोरङ व्यापार संघद्धारा जनचेतना मूलक कार्यक्रम

विराटनगर । नेपाल ट्रेड पोर्टल तथा इयू रेक्स सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा मंगलबार उक्त कार्यक्रम भएको हो । कार्यक्रमको...

नेप्से २९ अंकले बढेको बजारमा १६ अर्बको कारोबार, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २० जेठ । शेयर बजर परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि हरियाली छाएको छ । जसले गर्दा लगानीकर्ता थप उत्साहित बनेका छन् । बिहीबार नेप्से सूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव...

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्