सरकारले असम्भव कुरालाई सम्भव बनाएको छ : प्रधानमन्त्री ओली

 न्यूज विराट
सरकारले असम्भव कुरालाई सम्भव बनाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ३–प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन् । सरकारले विभिन्न क्षेत्रमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम तथ्यांकले बोल्ने बताए ।

स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा भूकम्पपछिको पुनर्निर्माणमा सरकारले प्रशंसनीय काम गरेको दाबी ओलीको छ । ६६ प्रतिशत नेपालीले इन्टरनेट सेवा उपभोग गरिरहेका बताउँदै ओलीेले भने, ’सबै जिल्लामा फोरजी सेवा विस्तार गरिएको छ । जबकि, सबै जिल्लामा फोरजी पुग्नु असम्भव ठानिएको थियो ।’ विपद् व्यवस्थापनका क्षेत्रमा पनि सरकारले उल्लेखीय प्रगति गरेको उनले बताए । सामाजिक सुरक्षाका हिसाबले आफू नेतृत्वको सरकारले नागरिकलाई सबैभन्दा बढी सुरक्षित र राहत महसुस गराएको ओलीको दाबी छ । उनले ४९ जिल्लाका २६ लाख नागरिकले स्वास्थ्य बिमा कार्यक्रमबाट लाभ लिइरहेको बताए ।

सम्बन्धित समाचार

६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको...

पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली...

विराट नर्सिङ होमको डाईग्नोष्टि ल्याबको संकलन केन्द्र इनरुवामा पनि स्थापना

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ । इनरुवा १ हस्पिटल गेटनिजक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम...

भैँसेपाटीमा प्रचण्ड र वामदेवबीच १ घण्टा छलफल

काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...

रमपम विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार दुवै टिमको दाबी

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा...

सभामुख, अध्यक्ष र कानुनमन्त्रीबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति,...

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाडौं, १५ मंसिर ।  सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको...

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव

काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्