ललिता निवास प्रकरण : काग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

 न्यूज विराट
ललिता निवास प्रकरण : काग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, माघ २६–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अबरुद्ध गरेको छ । आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षका सांसद उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले वस्न अनुरोध गरेका थिए ।

सभामुखले पटक पटक बस्न अनुरोध गरेपनि कांग्रेसका सांसदहरुले बस्न अटेर गरेपछि सभामुख भण्डारीले आफ्ना असन्तुष्टी बैठकमा राख्न प्रमुख प्रतिपक्षी दलका सचेतक सुयर्माराज राईलाई बोल्न समय दिएका थिए । संसदमा बोल्दै सचेतक राईले ललिता निवास प्रकरणमा नेकपाको संघिय सरकारले पक्षपात पूर्ण व्यवहार गरेको आरोप लगाए ।

नेकपाको सरकारले ललिता निवास प्रकरणमा आफ्ना नेता तथा कार्यकर्तालाई उन्मिुक्ति दिने प्रयास गरेका कारण आन्दोलनमा उत्रनुपरेको उनले बताए । ‘एक पक्षिय ढंगले सरकारले हाम्रो नेता माथि मात्र मुद्धा चलाएको छ ।’ उनले भने,‘पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वमुख्यसचिव लिलामणी पौडेल, नेकपाका नेता विष्णु पौडेलका छोरा नविन पौडेललाई पनि मुद्धा चलाउनु पर्छ ।’

सरकारले दोषीहरुसवैलाई कानुनी दायरामा नल्याउन्जेल सम्म संसदबैठक अबरुद्ध गरिरहने कांग्रेस संसदीय दलको निर्णय भएको राईले बताए । प्रमुख प्रतिपक्षीदलको तर्फबाट सचेतक राईले भनाई राखिसके पछि पुनः कांग्रेसका सांसदले उभिएर संसद अबरुद्ध पारेका थिए । सभामुख भण्डारीले सचेतकले आफ्ना कुरा राखिसकेका कारण बस्न आग्रह गरेका थिए । तर, कांग्रेसका सांसदले उभिएर बिरोध जनाईरहेपछि सभामुख भण्डारीले भोलि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

सम्बन्धित समाचार

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...

काेराेनाकाे असर : भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

काठमाडौं, ७ माघ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले यसअघि तय गरेको २९ माघको पूर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।...

एसिया कप : भारतविरुद्ध आसिफ शेखको अर्धशतक

विराटनगर । एसिया कपमा नेपालका आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा शेखले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । आसिफले गत फागुनमा क्रिकेट विश्वकप...

सम्भावित विभाजन रोक्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी...

कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा...

हिमालय दर्शन कलेजका ५९ विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्