विराटनगर । विराटनगर महानगरपालिका – ११ पिचछारामा अवस्थित सुम्निमा बोर्डिङ स्कुलले तेस्रो ग्राजुएसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरेर प्रि प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गर्ने ३१ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको हो । कार्यक्रमको मुख्य अतिथिको रूपमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरौला कार्कीले उद्घाटन गरिन् । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताइन् । ‘शिक्षाले मात्र व्यक्तित्व निर्माण गर्दैन, नैतिक मूल्य मान्यताले पनि चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन् ।
विद्यालयकी प्रिन्सिपल सितला सुब्बाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय राखेको जानकारी दिइन् । उनले व्यावहारिक शिक्षालाई प्राथमिकता दिएर विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिएको बताइन् । ‘हामी केवल पुस्तकीय ज्ञान मात्र नभएर जीवनोपयोगी सीप विकासमा केन्द्रित छौं,’ उनले भनिन् ।
भाइस प्रिन्सिपल जयन्ती प्रधानले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताइन् । उनले शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगले यस्तो सफलता हासिल गर्न सकिएको उल्लेख गरिन् । कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीन कुमार नवदित, अभिभावक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङका अध्यक्ष अनिल श्रेष्ठ र अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले सम्बोधन गरे । उनीहरूले दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै व्यावहारिक शिक्षाको महत्वलाई जोड दिए । कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम रह्यो । उनीहरूले सांस्कृतिक नृत्य, फ्यासन शो र गीत प्रस्तुत गरी उपस्थित अतिथि, अभिभावक र दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे । साथै विद्यार्थीहरूले बनाएका चित्रकलाहरूको प्रदर्शनी पनि राखिएको थियो । जसले उनीहरूको कलात्मक प्रतिभालाई झल्काएको थियो ।
बुटवल, ९ असार-सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ । सम्मोबारीमा गएको पहिरोमा भएको दुर्घटनाको उद्धारका क्रममा थप १ जनाको शव फेला परेको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका...
विराटनगर, ५ पुस-विराटनगर–१० मा आइतबारदेखि एचडियुु र अक्सिजनसहितको एकसय वेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल संचालनमा आएको हो । अस्पताल...
सञ्चारकर्मी रूपा सुनारले विभिन्न अनलाइनहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय...
राजविराज, २५ वैशाख-विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको...
विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...
काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष...
काठमाडौं, १७ माघ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । देशको उच्च पहाडी...
विराटनगर । विराटनगरमा जारी चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पहिलो हाफमा १–१ गोलको बराबरी भएको छ ।विराटनगर जुट मिलको खेलमैदानमा जारी फाइनल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र पेमा युवा क्लब...