
एकैदिन ११ सयले बढ्यो सुनको मूल्य
काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला...
विराटनगर । विराटनगरमा अवस्थित लर्डबुद्ध कलेजले शनिबार ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको स्वागत गरिएको थियो।
क्याम्पस प्रमुख विनोद भण्डारीले कार्यक्रममा बोल्दै लर्डबुद्ध कलेजले गौरवपूर्ण इतिहास बोकेको बताए। उनका अनुसार नयाँ व्यवस्थापनले कलेजको ऐतिहासिक विरासतलाई कायम राख्दै उत्कृष्ट विद्यार्थी नतिजा दिएर अगाडि बढेको बताए । उनले हजारौं विद्यार्थीहरु यस कलेजबाट उत्पादन भएर राष्ट्र निर्माणमा योगदान पुर्याइरहेको जानकारी दिए।
कलेजका अध्यक्ष पप्पु अन्सारीले कार्यक्रममा गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गर्दै कलेज निरन्तर अगाडि बढिरहेको बताए। उनले विद्यार्थीहरुलाई आधुनिक परिवेशमा प्रतिस्पर्धी बन्नका लागि कलेजले विशेष पहल गरिरहेको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंले रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनले विद्यार्थीहरुलाई सिद्धान्त र व्यवहारिक ज्ञान दुवैको महत्त्व बुझ्न आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरु जस्तै नृत्य र गीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। विदाई हुने विद्यार्थीहरुले कलेजको अनुभव बाँड्दै भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए भने नयाँ विद्यार्थीहरुलाई कलेजको वातावरणसँग परिचित हुने अवसर प्राप्त भएको थियो।
कार्यक्रममा शिक्षकवर्ग, विद्यार्थीहरु लगायत ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कलेजले यस प्रकारका कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको र यसले विद्यार्थीहरुबीच आपसी सम्बन्ध विकास गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस कार्यक्रमले विद्यार्थीहरुलाई अध्ययन र क्याम्पस जीवनको महत्त्व बुझाउनुका साथै सामाजिक उत्तरदायित्वको भावना जागृत गर्ने लक्ष्य राखेको कलेजलेजनाएको छ ।
काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला...
जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...
धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने...
डडेल्धुरा, १९ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजिटिभ देखिएको छ । २८ दिनदेखि उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया महिलाको छैठौँ पटकको थ्रोट स्वाब परीक्षणमा पनि...
काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक घन्टामै स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, केशव खतिवडा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए...
विराटनगर, जेठ २३–लामो समयदेखि जारी बन्दाबन्दीका कारण सवै क्षेत्र मारमा परेकाले त्यसको उचित विकल्प खोज्न सरकारलाई मोरङका दलहरुले आग्रह गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको कार्यालयमा अध्यक्ष मो. कादीरको अध्यक्षतामा सम्पन्न सर्वदलिय...
काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...
काठमाडौं, १५ कात्तिक-विज्ञापनरहित (क्लिन फिड) पूर्णरूपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरूले बताएका छन् । विदेशी च्यानलले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरूको छ । यसबाहेक विज्ञापन नीति...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.