मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई
शुक्रबार, ०३ जेठ, २०८२,
न्यूज विराट
विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक विदाई कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई शुक्रबार एक भव्य समारोहमाझ विदाई गरेको हो। कार्यक्रममा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरूको मेहनत र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा उनीहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे । ‘यहाँहरू सबै आजको युवा पुस्ता मात्र होइन, देशका भविष्य हौ,’ प्रिन्सिपल ढकालले भने, ‘तपाईंहरूले यहाँ आर्जन गरेको ज्ञान र सीपले तपाईंहरूलाई जीवनको हरेक मोडमा सफलता प्राप्त गर्न मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’
प्रिन्सिपल ढकालले कलेजले आगामी शैक्षिक सत्रदेखि विज्ञान संकायको पठनपाठन पनि शुरू गर्ने घोषणा गरे । हालसम्म व्यवस्थापन संकायमा मात्र पठनपाठन हुँदै आएको कलेजले अब विज्ञान संकायमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्ने उनले बताए । नयाँ भर्ना अभियानसँगै विज्ञान संकायको पठनपाठनलाई पनि प्राथमिकतामा राखिने र व्यवस्थापन संकायजस्तै विज्ञान संकायमा पनि विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गरिने उनको भनाइ थियो । मेरिल्याण्ड कलेजका प्राध्यापकहरूले विद्यार्थीहरूको सफलताको लागि निरन्तर मेहनत गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विद्यार्थीहरूको प्रतिभा र क्षमतालाई निखार्न संस्थाले हरसम्भव प्रयास गरेको बताए । ‘हामी हाम्रा विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि सदैव प्रतिबद्ध छौं,’ कलेजका निर्देशक भेषराज पोखरेलले भने, ‘उनीहरूको सफलता नै हाम्रो सफलता हो ।’ शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सेवारत मेरिल्याण्ड कलेज विराटनगर क्षेत्रमै व्यवस्थापन शिक्षाको अग्रणी संस्थाको रूपमा परिचित छ । प्रत्येक वर्ष यस संस्थाबाट सयौं विद्यार्थीहरू उच्च शिक्षा हासिल गरी राष्ट्र निर्माणमा योगदान पु¥याउँदै आएका छन् । विदाई समारोहमा विद्यालयका अध्यक्ष गुणराज लुईटेल, निर्देशकहरू पिके झा, भेषराज पोखरेल र डा. मनोज गुप्तालगायतकाको उपस्थिति रहेको थियो । सबै अतिथि वक्ताहरूले विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना दिँदै आगामी जीवनमा सफलता मिलोस् भन्ने कामना व्यक्त गरे । विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । गीत, नृत्य, कविता र विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाएको थियो । विद्यार्थीहरूका प्रस्तुतिहरूले उपस्थित शिक्षक र अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।
एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...
विराटनगर, चैत ६–कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ । प्रदेश नम्बर १ मा झापाको कमलगढी, मोरङको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणको...
नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यू मून स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड...
विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको...
विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...
काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा (एमाले)का...
विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...