पत्रकार प्रेमको स्वर्गीय बुवा कृष्ण देवान स्मृति छात्रवृत्ति, इडेनबर्ग कलेजका दुई विद्यार्थी पुरस्कृत

 न्यूज विराट
पत्रकार प्रेमको स्वर्गीय बुवा कृष्ण देवान स्मृति छात्रवृत्ति, इडेनबर्ग कलेजका दुई विद्यार्थी पुरस्कृत

विराटनगर । विराटनगरका सक्रिय पत्रकार तथा ओवी मिडियाका निर्देशक प्रेम देवानका आफ्ना स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापित छात्रवृत्ति पुरस्कार दुई विद्यार्थीलाई प्रदान गरिएको छ ।
विराटनगर ९ स्थित इडेनबर्ग कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत प्रेम रौनिया र आरिफ अन्सारीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो। कलेजले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी यी दुई मेधावी विद्यार्थीलाई सम्मानित गरेको छ।
कलेजका प्रमुख डिके शाह (दिपेन्द्र साह) का अनुसार, दुवै विद्यार्थीले अध्ययनमा उत्कृष्ट प्रदर्शन देखाएका छन्। यस्ता प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्न पाउँदा हामी अत्यन्तै खुसी भएको कलेजले जनाएको छ ।
पुरस्कार वितरण समारोहमा पत्रकार प्रेम देवान, कलेजका प्रिन्सिपल डिके साह र संचालक भुवन नेपालले संयुक्त रूपमा विद्यार्थीहरूलाई पुरस्कृत गरे।
पत्रकार देवानले आफ्ना पिताको स्मृतिमा गत वर्षदेखि यो छात्रवृत्ति प्रदान गर्न थालेको र आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने बताए। ‘मेरा बुवा यही कलेजमा विगतमा काम गर्दै आउनुभएको थियो । शिक्षाको महत्त्व बुझ्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँको स्मृतिमा शिक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सहयोग गर्न पाउँदा आत्मिक सन्तुष्टि मिलेको छ,’ देवानले भने।
छात्रवृत्ति पाउने विद्यार्थी आरिफ अन्सारीले आफ्नो खुसी व्यक्त गर्दै भने, ‘कृष्ण देवान स्मृति छात्रवृत्ति पाउनु मेरो लागि सम्मानको कुरा हो। यसले मलाई अझ राम्रो अध्ययन गर्न प्रेरित गरेको छ।’
इडेनबर्ग कलेजका प्रिन्सिपल डिके साहले यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने बताए।

सम्बन्धित समाचार

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...

प्याब्सन् स्पोर्टस् मिट: बास्केटबलमा एभरेष्ट र बिकेभिएम फाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिट अन्र्तगत बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ ।एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९...

बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...

राप्रपाको एकता महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...

राप्रपा नेता सुब्बाद्वारा कोरोना कोषमा २ लाख सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोपविरुद्धको राहत कोषमा २ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । पूर्वमन्त्री सुब्बाले आफ्नो निजी होटल चिन्तन चौतारी क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि...

वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

काठमाडौं, ३ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ । वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै पौडेललाई निगमका कर्मचारीले पछिल्लो डेढ महिनादेखि कार्यालय प्रवेशमा रोक लगाएका...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्