तेस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि विराटनगरमा, कोशी प्रदेशभरिको १२ टिमकाे सहभागी

 न्यूज विराट
तेस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि विराटनगरमा, कोशी प्रदेशभरिको १२ टिमकाे सहभागी

विराटनगर, वैशाख २६ – विराटनगर जुटमिल खेल मैदानमा यही वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म कोशी प्रदेश स्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। मिल्स भेट्रान्स क्लब रानी, विराटनगरको आयोजनामा हुने उक्त प्रतियोगिताबारे आज एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

प्रतियोगिताको संयोजक तथा विराटनगर १५ का वडा अध्यक्ष प्रकाश शाहका अनुसार प्रतियोगितामा कोशी प्रदेशभरिको १२ वटा भेट्रान्स फुटबल टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन खेल युनाइटेड भेट्रान्स विराटनगर र हाम्रो धरान भेट्रान्स क्लबबीच हुने क्लबका अध्यक्ष इन्द्रराज थापाले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछ। खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने दैनिक ‘म्यान अफ द म्याच’ खेलाडीलाई नगद ११०० रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।

प्रतियोगितामा सहभागी टोलीहरूमा मोरङ जिल्लाबाट मिल्स भेट्रान्स क्लब (क) र (ख), मोर्निङ्ग भेट्रान्स क्लब, युनाईटेड भेट्रान्स क्लब, विराट भेट्रान्स क्लब सुन्दर हरैचा, पथरी शनिश्चरे भेट्रान्स क्लब तथा उर्लाबारी भेट्रान्स क्लब रहेका छन्। झापा जिल्लाबाट कन्काई भेट्रान्स क्लब सुरुङ्गा सहभागी हुने छ भने सुनसरी जिल्लाबाट हाम्रो धरान भेट्रान्स क्लब, धरान पूर्वेले भेट्रान्स क्लब, भरौल भेट्रान्स क्लब बराहक्षेत्र तथा रामधुनी भेट्रान्स क्लब झुम्का सहभागी हुनेछन्।

क्लबका अध्यक्ष थापा अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य रानी क्षेत्र र वरपरका क्षेत्रमा फुटबल खेलप्रतिको जागरुकता बढाउने, खेलाडीहरूको प्रतिभा उजागर गर्ने, फुटबलप्रेमीहरूलाई स्वास्थ्य र मनोरञ्जन प्रदान गर्नुका साथै रानी क्षेत्रको फुटबल पूर्वाधार विकासमा सहयोग पु¥याउनु हो। क्लबले खेलकुद मैदानको स्थायी व्यवस्थाका लागि सम्बन्धित सरकारी निकायहरूसँग पहल र पत्राचार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रतियोगिता माध्यमबाट योग्य र सक्षम खेलाडीहरूको पहिचान, उत्पादन तथा अभिमुखिकरण तालिम सञ्चालन गरी प्रदेशस्तरमा फुटबल खेलको स्तर अभिवृद्धि गर्ने क्लबको योजना छ। साथै, यस प्रतियोगिताबाट रानी क्षेत्रको फुटबललाई विशिष्ट पहिचान दिलाउने अपेक्षा गरिएको छ।

स्थानीय तहको सक्रिय सहभागिता, खेलप्रेमी जनसमुदायको उत्साहजनक उपस्थिति र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले प्रतियोगिता सफल हुनेमा आयोजक विश्वस्त छन्।

सम्बन्धित समाचार

चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको...

प्रेस काउन्सिलका चार कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, २ कात्तिक-प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । चार कर्मचारीमा कोरोना पुष्टिका साथै कर्मचारी पनि बिरामी पर्न थालेपछि काउन्सिलले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ । ३...

इटाली आगामी जुनदेखि यात्रा प्रतिबन्ध फुकुवा गर्ने

एजेन्सी, जेठ ४-इटलीले आगामी जुन महिनादेखि विदेश जान र आउन लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले इटालीभित्रको आन्तरिक वाह्य यात्रा खुला गर्न लागिएको जानकारी दिएका हुन् । इटालीका जनतालाई फेरि...

प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन्।विराटनगरमा आज सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो। चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा...

आन्दोलनकारी र प्रहरीबीच झडपमा ४६ घाइते : ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभाअगाडि प्रर्दशन गर्ने क्रममा प्रहरी र पहिचान पक्षधरबीच भएको झडपमा परी ४६ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो...

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेर अत्यावश्यक सेवा दिने निकायमा कार्यरतबाहेक घरमै बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई पनि काममा खटाउने भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९...

१ वर्षभन्दा कम सजाय पाएका कैदीलाई कैदमुक्त गरिने

कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गरिने भएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त...

प्रदेश १ मा बजेट अधिवेशन सुरू

विराटनगर, जेठ १४-प्रदेश १ को बजेट अधिवेशन सुरू भएको छ । आजदेखि  सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले  धारणा राखेका छन् । संसदलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्