प्रेस काउन्सिलका चार कर्मचारीमा कोरोना संक्रमण - News Birat

प्रेस काउन्सिलका चार कर्मचारीमा कोरोना संक्रमण

न्यूज विराट
काठमाडौं, २ कात्तिक-प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । चार कर्मचारीमा कोरोना पुष्टिका साथै कर्मचारी पनि बिरामी पर्न थालेपछि काउन्सिलले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।

३ कात्तिकदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles