भव्य सामारोहबिच बाँतर सरदारको सांस्कृतिक र केन्द्रीय भवनको उद्घाटन

 न्यूज विराट
भव्य सामारोहबिच बाँतर सरदारको सांस्कृतिक र केन्द्रीय भवनको उद्घाटन

विराटनगर । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर सामुदायको साँस्कृतिक र केन्द्रीय भवनको उद्घाटन गरेका छन् ।

मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको साँस्कृतिक भवन र केन्द्रीय भवनको आज विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गरेका हुन् ।

सभापति सरदारले भवनको उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । बाँतर जातीको सांस्कृतिक भवनका लागि पूर्व समान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले १ करोड उपलब्ध गराएको सभापति सरदारले बताए ।

त्यस्तै केन्द्रीय भवन निर्माण गर्न संविधान सभाकी सभासदस्य कबिता सरदारको पहलमा १० लाख र प्रतिनिधिसभा सदस्य अमन मोदीको पहलमा सांसद कोषबाट केन्द्रीय भवन निर्माण गर्न २८ लाख रुपैयाँ बजेट उपलब्ध भएको सभापति सरदरले जानकारी दिए ।

सो अवसरमा बोल्दै सभापति सरदारले सवैको साथ र सहयोगले अहिले बाँतर जाती अगाडी बढीरहेको भन्दै खुशी व्यक्त गरे । सभापति सरदारले २०५३ सालदेखिको नियमित प्रयासपछि दुईवटा भवन निर्माण गर्न सफल भएको बताए ।

उक्त सांस्कृतिका भवनमा एउटा सभाहल रहेको छ भने दुईवटा कोठा छन् । त्यस्तै नेपाल बाँतर सरदार समाज कल्याणकारणी केन्द्रीय भवनमा पनि एउटा हल र दुईवटा कोठा रहेको सभापति सरदारले जानकारी दिए ।

कार्यक्रममा नव निर्वाचित मोरङ जिल्ला सभापति अनिल सरदार, युवा सभापति बिनोद सरदारलगायतका कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रीय सल्लाहाकार पन्नालाल सरदार, पृथ्वीलाल सरदार, केन्द्रीय सचिव शुभाष कुमार सरदार, केन्द्रीय पूर्वसचिव जोखन सरदार,मोरङका पूर्वसभापति जयप्रकास सरदार, केन्द्रीय सदस्य कैलास सरदार, सोनेलाल सरदारलगाायतले प्रमाण–पत्र प्रदान गरेका थिए । निर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय सचिव सुभाष कुमार सरदारले सपथग्रहण गराएका थिए ।

सम्बन्धित समाचार

सेन्ट जोसेफ स्कूलमा लागुऔषधविरुद्ध सचेतना

विराटनगरको सेन्ट जोसेफ स्कूलमा लागुऔषधविरुद्ध समेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समाजमा शान्ति निर्माण र द्वन्द्व रोकथामका लागि सो स्कूलमा लागू पदार्थ दुरुपयोग सम्बन्धी एक कार्यशाला आयोजना गरेको हो...

महानगरस्तरीय तेक्वाण्डो प्रतियोगिता सुरु

विराटनगर / विराटनगर आइटीएफ तेक्वाण्डो डोजाङको आयोजनाको आयोजनामा विराटनगर महानगर स्तरीय प्रथम जुनियर तथा सिनियर तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तेक्वाण्डो खेलको विकास...

रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गरायो

विराटनगर । रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गराएको छ । विराटनगर वडा नं ५ र ६ स्थित केसलिया क्षेत्रमा रहेको कोशी नहर पहल गरेर सरसफाई गराएको हो । नहर...

इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण

  रामकुमारी राई रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर मोरङ लेटाङको इसाई एकता समाजले...

आदर्श माध्यामिक विद्यालयलाई ७ वटा सिलाई मेशिन हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित आदर्श माविलाई सिलाई मेशिन वितरण गरेको छ । विश्वकर्मा पूजाको अवसर पारेर क्लबले आर्थिक तथा सामुदायिक विकास अन्तर्गत रोटरी क्लब अफ डाउनटाउनले आदर्श विद्यालयमा ७ वटा सिलाई...

मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता , संघ र प्रदेशमा २ सय १४ जनाको उम्मेदवारी कायम 

विराटनगर ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा २ सय २७ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ ८ जना...

होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताएका छन् ।फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा निजी सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा...

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्